उत्कृष्ट सामुदायिक वन र कबुलियत वनलाई सम्मान गर्दै डिभिजन वन कार्यालय राप्ती

डिभिजन वन कार्यालय राप्ती मनहरीले उत्कृष्ट सामुदायिक वन र कबुलियत वनलाई सम्मान गर्ने भएकोछ । भू संरक्षण दिवस तथा सामुदायिक वन दिवसको अवसरमा यहि साउन २६ गते सोमबार आर्थिक बर्ष २०८१/०८२ मा उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह र उत्कृष्ट कबुलियत वनलाई सम्मान गर्न लागिएको हो ।

भू संरक्षण दिवस साउन २४ गते जनै पुर्णिमा एबम शनिबार रहेको हुँदा सम्मान कार्यक्रम २६ गते सोमबारको दिन राखिएको डिभिजन वन कार्यालय राप्तीका सूचना अधिकारी दामोदर पाण्डेले जानकारी दिनुभयो । पुरस्कृत हुने सामुदायिक वन र कबुलियत वनहरुले वन तथा वातावरण संरक्षण एबम ब्यबस्थापनमा अन्य समूहले भन्दा राम्रो भुमिका खेलिएको भन्दै पुरस्कृत गरिएको श्रोतले जनाएकोछ।

बर्ष २०८१/०८२ मा उत्कृष्ट सामुदायिक वन तर्फ श्री डिपाड सामुदायिक वन उपभोक्ता समूह मनहरी -६ , श्री डरवारडाँडा सामुदायिक वन उपभोक्ता समूह भिमफेदी -१ र श्री चनौटा सामुदायिक वन उपभोक्ता समूह हेटौंडा -१९ घोषित भएकाछन् । उत्कृष्ट घोषणा भएका तीन वन उपभोक्ता समूहले क्रमश: बीस हजार , पन्ध्र हजार र दश हजार सहित प्रमाणपत्र प्राप्त गर्ने डिभिजन वन कार्यालय राप्तीका सुचना अधिकारी वन अधिकृत दामोदर पाण्डेले जानकारी दिनुभयो ।

यस्तै कबुलियत वन तर्फ श्री गुप्तेश्वरी कबुलियत वन उपभोक्ता समूह भिमफेदी -४, श्री क्याम्पाडाँडा कबुलियत वन उपभोक्ता समूह हेटौंडा -१९ र श्री हुजुरुम कबुलियत वन उपभोक्ता समूह राक्सिराङ्ग -५ क्रमश उत्कृष्ट तीनमा पर्न सफल भएकाछन् ।श्रोतका अनुसार उनिहरुले क्रमश : बीस हजार, पन्ध्र हजार र दश हजार सहित सम्मान पत्र प्राप्त गर्नेछ ।

डिभिजन वन कार्यालय राप्ती मनहरीले मनहरी गाउँपालिका , राक्सिराङ्ग गाउँपालिका,कैलाश गाउँपालिका, थाहा नगरपालिका,ईन्द्रसरोवर गाउँपालिका, भिमफेदी गाउँपालिकाका ४ वटा वडाहरु , हेटौंडा उपमहानगरपालिकाका वडाहरु १,११ र १९ भित्र रहेका २०२ वटा सामुदायिक वन उपभोक्ता समूह र २६१ वटा कबुलियत वन उपभोक्ता समूह आवद्ध रहेकाछन्।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.