राक्सिराङ्गले ल्यायो ६३ करोड ५२ लाखको बजेट, नीति तथा कार्यक्रममा गाँजाले स्थान पायो

राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको अनुमानित बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरिएकोछ ।
मंगलबार बसेको १८ औं गाउँसभामा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले संघीय र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत मार्फत प्राप्त रकमलाई समन्यायिक र समावेशी विकासमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष बनस्तम थिङले गाउँ कार्यपालिकाको तर्फबाट बजेट वक्तव्य प्रस्तुत गर्नुभयो।
 
बजेट स्रोत विवरणअनुसार संघीय सरकारबाट ४३ करोड ८९ लाख ७८ हजार ४७२ रुपैयाँ, प्रदेश सरकारबाट १० करोड ५८ लाख २२ हजार ८१७ रुपैयाँ तथा आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।
 
जारी गरिएको कुल बजेटमध्ये ४८ करोड ५३ लाख ५४ हजार १५५ रुपैयाँ चालु खर्चका लागि र १४ करोड ९८ लाख ७७ हजार १३४ रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।

नीति तथा कार्यक्रममा यसपटक गाँजाले स्थान पाएकोछ । पालिकाले आर्थिक बिकास अन्तर्गत गाँजा बहस तथा अनुसन्धान कार्यक्रम संचालन गरिने भएको हो । पालिका भित्र गाँजा खेतिको प्रचुर संभावना रहेको अवस्थामा यसबाट आर्थिकोपार्जन सहित बहु उपयोगी बनस्पति भएकोले यसबाट मनग्य आर्थिक लाभ लिन सकिने भन्दै यसलाई राष्ट्रिय महत्वको विषय बनाई प्रदेश तथा केन्द्रिय सरकार समक्ष पहल कदमी लिने उल्लेख रहेकोछ ।

यस्तै गरि अध्यक्ष रोजगारी प्रबर्द्धन कार्यक्रम ,परिबर्तन हाम्रो लक्ष्य ,श्रम संग युवा, युवासंग उपाध्यक्ष कार्यक्रम, यस्तै सुन्दर समाज हाम्रो सार,बसाई सरि आउनेलाई घर उपहार कार्यक्रम , सेवा पाउने सबैको अधिकार ,घरघर स्थानिय सरकार जस्ता कार्यक्रमहरु संचालन गरिने भएको हो ।
 
नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना तथा सुशासनलाई प्राथमिकता दिइएको छ।
 
सभामा अध्यक्ष मल्लले स्रोतको अधिकतम उपयोग गर्दै समावेशी र न्यायसंगत विकासमा राक्सिराङलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
 
 

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.