लागू औषध विरुद्ध प्रजा जागृतिका बिद्यार्थीको सचेतना मुलक नाटक प्रदर्शन

परिवारको सपनालाई लागू औषधको सेवनले तहस नहस पार्ने भन्दै राक्सिराङ्ग ५ चैनपुरमा अवस्थित प्रजागृती माध्यामिक बिधालयका बिधार्थिले सचेतना मुलक नाटक प्रदर्शनी गरेकोछ ।

अनौपचारिक सेवा क्षेत्र ईन्सेक बागमतीद्वारा गठित मानव अधिकार बाल समुहमा आवद्ध बिधार्थीहरुले समाजमा बढ्दै गईरहेको अपराध मध्य लागू औषधको सेवनले पनि कसरी प्रसय दिईरहेकोछ भन्ने कुराको जिवन्त अभिनय गर्दै उनिहरुले समाज सुधार र मानव अधिकारको लागि लागू औषध तगारो बन्ने गरेको देखाईएको थियो ।

उनिहरुले कुनै पनि समाजको एउटा सुन्दर घरपरिवारको सन्सारलाई कसरी लागू औषधमा फस्दै गई रहेको परिवारको सदस्यले मिलेर बसेको परिवारको सन्सार उजाड बनाईदिन्छ भन्ने कुरालाई नाटक मार्फत प्रस्तुत गरिएको थियो ।

बाल अधिकार समूहमा आवद्ध बालबालिकाहरुले विभिन्न समयमा सामाजिक कुरिती र कुसंस्कार बिरुद्ध नाटक मार्फत सचेतना फैलाउदै आईरहेकाछन्। बिहिबार सम्पन्न सडक नाटक प्रदर्शनीमा बिधालयका प्रधानाध्यापक सर्मिला पौडेल, ईन्सेक बागमतीका मकवानपुर सहजकर्ता सलीना गौतम लगाएत बिधालयमा अध्यापन गर्ने अन्य शिक्षकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.