कराते खेल मनहरीको पहिचान बन्न आवश्यक छ : उपाध्यक्ष मगर ( रेखा)

मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर (रेखा)ले कराते खेल मनहरी गाउँपालिकाको पहिचान बन्न आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यको लागि खेल र आत्मरक्षाका अत्यावश्यक भएकोले खेलकुदहरुमा सबै खालको खेललाई पालिकाले उत्तिकै प्राथमिकता दिईदै आईरहेको बताउनुभयो । साथै आउदो दिनमा खेल सामाग्री लगाएत अन्य आवश्यक क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बुधबार एक कार्यक्रमका बिच जनतासङ्ग उपाध्यक्ष शिर्षकबाट कराते खेलाडीहरुलाई प्रशिक्षणको लागि सामाग्री अभावले समस्या परेको थियो । नेपाल क्योकुसिन कराते-डो मनहरी ७ लाई डमि ( फ्री स्ट्याण्डिङ किक ब्याग,हेभी किक ब्याग,थाई प्याड / किक प्याड ,ह्याण्ड प्याड,लो किक ब्याग, स्केपिङ रोप,ग्रोईन गार्ड,यु एफ सि ग्लोभस् र पन्च सेटिङ प्याड लगाएत २ लाख ५० हजार बराबरको कराते – डो का अध्यक्ष लवाङ दोर्जे लामालाई पालिका उपाध्यक्ष पुलामी मगर ( रेखा) ले हस्तान्तरण गर्नुभएको हो ।

खेलकुदका सामाग्री बुझ्दै कराते – डो का अध्यक्ष लामाले खेल समाग्रीको अभावमा पुर्ण रुपमा प्रशिक्षण गराउन नसकिरहेको अवस्थामा पालिका उपाध्यक्षबाट सामाग्री प्राप्त गर्दा ज्यादै खुसी लागेको बताउदै उपाध्यक्षलाई धन्यवाद दिनुभयो । साथै अझै नियमित रुपमा खेल प्रशिक्षणको लागि धेरै कुराको आवश्यकता रहेको भन्दै आगामी दिनमा ती आवश्यकता उपाध्यक्ष ज्युबाट पूरा गरिदिनुहुनेमा बिश्व्स्त रहेको बताउनुभयो ।

खेलकुद सामाग्री हस्तान्तरणमा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा), नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा युवा समाजसेवी वीर बहादुर घलान ज्वाला,ईस्वरी सुनार, ईश्वर थापा सन्चारकर्मी तथा पत्रकार उमेश राई लगाएतकाको उपस्थिती रहेको थियो ।

कराते – डो मा अहिले २० जना नियमित प्रशिक्षणमा रहेकोछ । साँझ ५ बजे देखि ६:३० बजे सम्म नियमित प्रशिक्षण हुँदै आईरहेकोछ । अहिले सम्म ४ जना ब्ल्याक बेल्ड खेलाडी उत्पादन गरिसकेकोछ । बिक्रम सम्बत २०७५ सालमा स्थापना भएको कराते -डो मा सितल लामा प्रमुख प्रशिक्षकको रुपमा रहेको छ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.