मनहरीमा जेष्ठ २० गते अर्थात मंगलबार अचम्मको दृश्य देखा परेकोछ । मनहरी गाउँपालिकाको सभाहलमा कृषिमा उत्पादन वृद्धि र बजार ब्यवस्थापन सम्बन्धी एक दिवसिय कार्यक्रममा अचम्मको दृश्य देख्न पाईन्थ्यो ।

जिल्ला समन्वय समिती मकवानपुरको आयोजना तथा मनहरी गाउँपालिकाको समन्वयमा भएको एक दिवसिय कार्यक्रममा सहभागी हुनेको संख्या देखेरै आयोजक र समन्वय सस्था समेत अलमल्ल परेका थिए ।

गाउँपालिकालाई पालिका भित्रका ६० जना कृषक बोलाईदिने जिम्मा पाएका कृषि शाखा मनहरीका प्रमुख शर्मिला सुवेदी किसानको भिड देखेर केही समय अलमलिनु नै पर्यो ।
झण्डै ४५० जनाको हाराहारीमा किसानहरु कार्यक्रममा सहभागी हुन आएपछी केही समयको अलमलपस्चात कार्यक्रम सभाहलमा अटाउने जति भित्र बस्ने र केही बाहिर मिलाएर बस्न आग्रह गर्दै आयोजकले कार्यक्रम संचालन गर्यो । सभाहलको कुर्सी भरिए पछि किसानहरु भईमै पलेटी कसेर भएपनी खचाखच कोचिएरै बसि छलफलमा सहभागी भए ।
मकवानपुर जिल्ला समन्वय प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मनहरीका कृषकले कृषि सम्बन्धी तालिम तथा कार्यक्रममा पहुचवालाको मात्र नाम आउने गरेको र किसानले समहमै बिउ, मल तथा बालिले उपयुक्त बजार भाउ नपाएको जस्ता समस्याको बारेमा गुनासो ब्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जिसस प्रमुख ललित घलानले कृषकहरुले उत्पादन गरेको सामाग्रीलाई कसरी धेरै उत्पादन गर्न सकिन्छ र बजारिकरणमा स्थानिय सरकार र सम्बन्धित सरोकारवालालाई जवाफदेही गराउने उद्देश्यले उक्त कार्यक्रम राखिएको बताउनुभयो ।मनहरीका कृषकहरुको कार्यक्रममा देखिएको उत्साहजनक उपस्थितिले पक्कै पनि कृषि पेशामा धेरै नै चिन्तित रहेको देखाउछ भन्दै यो राम्रो पक्ष भएको बताउनुभयो ।
जवाफमा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पालिकाले उत्पादनमा वृद्धि तथा बजारिकरणलाई ब्यवस्थापन गर्नको लागि बाली बिमा र कृषकले उत्पादन गरेको सामाग्रीको समर्थन मूल्य तोकेर अगाडि बड्न खोजिएको भन्दै त्यता तर्फ पालिकाले अलि बढिनै चासो लिएको काम गरिएको बताए। कोल्ड स्टोरको अवधारणा ल्याईएको र निर्माण कार्य भईरहेको समेत बताउनुभयो ।
एक दिवसिय छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका प्रतिनिधी तथा कर्मचारी , साल्ट ट्रेडिङका प्रमुख , कृषि बिकास बैंकका प्रतिनिधि , बिउबिजन र पशुपन्छी बिकासका प्ररिनिधी र मनहरी गाउँपालिकाका जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।