राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ६ सिलाधुनीमा बिहिबार राती १०:३० बजेको समयमा बर्ष ३५ का राम बहादुर मुक्तान रहेकोछ । खाना खाएपछी घरमै बसिरहेको अवस्थामा एक्कासी चट्याङ लाग्दा मुक्तान गम्भीर घाईते भएको हो ।
घाईते मुक्तानको घरमा रहेको भैंसी समेत चट्याङको कारण मरेको र घरमा पुर्ण क्षती भएको राक्सिराङ्ग ६ नम्बर वडा अध्यक्ष अक्कल बहादुर मुक्तानले जानकारी दिनुभयो । चट्याङ लागि गम्भीर घाईते भएका मुक्तानलाई उपचारको लागि आज बिहान अस्पताल लैजाने क्रममा रहेको समेत वडा अध्यक्ष मुक्तानले जानकारी दिनुभयो ।
साथ साथै चट्याङको कारण बस्ने घर चर्किएको र बस्न समेत असुरक्षा रहेको बताउनुभयो । चट्याङको कारण घरमा जडान गरिएको बिजुलिको मिटर बक्समा समेत क्षती पुगेकोछ ।