२५ बर्षको निरन्तर मेहेनतले आफ्नै तालिम हल बनाउन सफल:पालिका अध्यक्ष,उपाध्यक्षबाट उद्घाटन

मेहेनत र निरन्तरताले सफल भईन्छ भन्ने कुराको प्रमाण अनुग्रह सिलाई कटाई प्रशिक्षण केन्द्र र संस्थाका अध्यक्ष लक्ष्मी प्रजाले दिनुभएकोछ । संस्थाले झण्डै २५ बर्षको संघर्षबाट सुबिधा सम्पन्न तालिम भवन बनाउन सफल भएकोछ । मनहरी ७ निर्मलबस्तीमा सुबिधा सम्पन्न तालिम भवनको उद्घाटन मनहरी गाउँपालिका अध्यक्ष/ उपाध्यक्षको आतिथ्यतामा भएको हो ।

प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष रन्जन कालाखेतीले अनुग्रह सिलाई कटाई प्रशिक्षण केन्द्रले विभिन्न समयमा तालिम प्रदान गरेर दक्ष नागरिक उत्पादनमा स्थानिय सरकारलाई सहयोग गरिरहेको प्रती कृतज्ञता ब्यक्त गर्नुभयो । स्थानिय पालिकाले हिजो, आज र भोलि निरन्तर सहयोग र समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै गरि पालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा)ले महिलाले केही पनि गर्न सक्दैन भन्ने अहिले सम्म समाजमा पितृसत्तात्मक सोचलाई आजको दिनले गतिलो जवाफ दिएको भन्दै संस्थालाई अझै सफलताको शुभकामना दिनुभयो । देशको आर्थिक वृद्धि रोजगारबाट हुने भएकोले रोजारी सृजना गर्न सीप अपरिहार्य भएकोले सीप बिहिन जनशक्तिलाई दक्ष जनशक्ति उत्पादन गर्नमा महिलाहरुबाट संचालित संस्थाले देखाएको यो प्रयास साच्चैनै सराहनीय भएको भन्दै अब गफ होईन काममा सबै जुट्नु पर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय मण्डली सङ्गती केन्द्रिय अध्यक्ष सुर्य बहादुर तामाङले आफुहरु क्रिश्चियन भएता पनि सम्प्रदाय केन्द्रित कहिल्यै भएन भन्दै मनहरी गाउँपालिकाले उदाहरणीय काम गरेको बताउनुभयो ।

कार्यक्रमका अतिथी एबम उद्योग बाणिज्य संघ पश्चिम् क्षेत्र समिति मनहरीका सभापती गणेशमान मानन्धरले
सुरुवाती क्रम देखि नै मेहेनत गरेर आज मेहेनतीको उदाहरणको रुपमा लक्ष्मी प्रजालाई लिन पाईएकोछ भन्दै उद्यमशीलता जति बढाउदै गयो उतिनै आर्थिक समृद्धि हासिल हुने बताउनुभयो ।साथै उद्योग बाणिज्य संघ पस्चिमी क्षेत्र समिती मनहरी पनि संगसङ्गै साथ दिईदै आईरहेको र यो साथ निरन्तर रहने बताउनुभयो ।

२०५७/०५८ सालमा नेपाल राष्ट्रिय मण्डलीबाट ६ महिनाको सिलाई बुनाईबाट अहिलेसम्मको यात्रा सम्भव भएको हो भन्दै संस्थाका अध्यक्ष एबम महिला उद्यमि लक्ष्मी प्रजाले तालिम भवन बनाउने क्रममा लाल पुर्जा नभएको कारण धेरै समस्या आईपरेको बिगतलाई स्मरण गर्दै सहयोगी दातालाई धन्यवाद दिनुभयो ।

केन्द्रमा मनहरी र राक्सिराङ्गमा गरि झण्डै २० जना महिलाहरुको सक्रिय टिम रहेको बताउनुहुदै कोहि कृषिमा त कोहि सिलाईकटाई ब्याबसाय र अन्य ब्याबसायमा रहेको बताउनुहुन्छ । भवनको निर्माणमा झण्डै २९ लाख रुपैयाँ खर्च भएको र त्यसमा २२ लाख रुपैयाँ नेपाल राष्ट्रिय मण्डली सङ्गती ललितपुरले सहयोग गरेको र बाकी संस्थाले नै जोहो गरेर भवन निर्माण गरिएको अध्यक्ष प्रजाले बताउनुभयो ।

तालिम हलको उद्घाटन समारोहमै संस्थाद्वारा लेभल २ पास गर्ने १२ जना प्रशिक्षार्थीहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिका ७ नम्बर वडाका कार्यवाहक अध्यक्ष नवराज सुवेदी ,मनकामना सनातनधर्म संरक्षण समिती मनहरीका अध्यक्ष नारायण सुवेदी आदिले समेत मन्तव्य राख्नुभएको थियो । प्रशिक्षण केन्द्रमा ५ वटा सुबिधासम्पन्न मेसिन सहित अन्य साधारण मेसिनबाट अब नियमित रुपमा प्रशिक्षण गराईने संस्थाका अध्यक्ष प्रजाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.