मनहरी ७ मा रहेको मनहरी बचत तथा ऋण सहकारीले ऋण लिने आफ्ना शेयर सदस्यलाई सानिमा रिलायन्सको म्यादी जीवन बिमा अनिवार्य गरेकोछ । यसबाट संस्थाको लगानी सुरक्षित बनाउनेमा संस्थाका अध्यक्ष बिष्णु प्रसाद भट्टले जानकारी दिनुभयो ।
बिमा खर्च होईन आर्थिक सुरक्षा हो भन्ने नारालाई स्थापित गराउनको लागि यो योजना अगाडी बढाईएको बिमा कम्पनीका क्षेत्रीय प्रबन्धक सुर्य गिरिले जानकारी दिनुभयो ।
१० हजार देखि माथीको ऋणलिने ब्यक्तीलाई मनहरी बचत तथा ऋण सहकारी संस्थाले सानिमा म्यादी जीवन बिमा लागू गर्ने सम्झौतामा उल्लेख गरिएकोछ ।
बिमा कार्यक्रम ऋण तिर्ने अबधी भरी चल्नेछ । एक लाख कुनै शेयर सदस्यले संस्थाबाट ऋण लगेमा उक्त सदस्यले बार्षिक लगभग ३ सय ५० रुपैयाँ तिर्नुपर्नेछ ।यस्तै ऋणिलाई कर्जा समय अवधी भित्र दुर्घटनामा परेमा कर्जाको १००% रकम उपलब्ध गराईने भएकोले यो कार्यक्रम प्रभावकारी हुने मनहरी शाखाका प्रमुख सुनिल लम्सालले बताउनुभयो ।
सानिमा रिलायन्स लाईफ ईन्सोरेन्सको उत्कृष्ट बिमा योजनाबाट आर्थिक सुरक्षाको प्रत्याभूती दिलाउनको लागि संस्थाले सहकारीसङ्ग समन्वय गरेको हो ।
सोमबार भएको सम्झौतामा सहकारीको तर्फबाट अध्यक्ष बिष्णु प्रसाद भट्ट र बिमा सस्थानको क्षेत्रीय प्रबन्धक सुर्य गिरिले हस्ताक्षर गर्नुभएकी हो ।साथै संस्थाका सचिब बलराम बानियाँ, संचालक सदस्य पशुपति बर्तौला र शाखा प्रमुख हरि पाठक त्यस्तै बिमा सस्थानको तर्फबाट मनहरी शाखा प्रमुख सुनिल लम्साल र बजार ब्यवस्थापक अनु पौडेलको सहभागिता रहेको थियो । बिमा कार्यक्रम जेष्ठ ४ गते अर्थात सोमबार देखिनै लागु गरिएको सहकारीका सचिव बलराम बानियाँले जानकारी दिनुभयो ।
