राक्सिराङ्ग गाउँपालिकाले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेकोछ । बैशाख ४ गते राक्सिराङ्ग ५ ठाडेचुरी स्थित राक्सिराङ्ग अस्पतालमा पालिका अध्यक्ष/उपाध्यक्ष लगाएत पालिका टिमले कार्यक्रमको शुरु भएको घोषणा गरिएको हो । राक्सिराङ्गले बिमाको पहिलो सेन्टरको रुपमा राक्सिराङ्ग अस्पताललाई राखिएकोछ ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले रिबन काटी स्वास्थ्य बिमा कार्यक्रम लागु भएको घोषणा गर्नुभएकोहो । कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष मल्लले
बिमाको महत्व नबुझ्नु हाम्रो सबै भन्दा कमजोरी हो भन्दै बिमाको फाईदा बारे सबै जानकार हुन आवश्यक रहेको बताउनुभयो । राज्यले प्रदान गर्ने स्वास्थ्य सुबिधालाई उपयोग गर्नुपर्ने भन्दै पैसाको अभावमा छट्पटीनु भन्दा थोरै लगानीबाट धेरै सेवा सुबिधामा जोडिन जनतालाई उत्प्रेरित गर्न हामी सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्तब्य राख्नुहुदै पालिका उपाध्यक्ष बनस्तम थिङले लामो समयको अथक प्रयास पछि स्वास्थ्य बिमा कार्यक्रम राक्सिराङ्गमा सम्भव भएको बताउनुभयो ।
स्वास्थ्य बिमा कार्यक्रमलाई जिवन्त बनाईराख्न आवश्यक रहेको भन्दै गरिब असहायको लागि सहारा बन्ने बताउनुभयो । राक्सिराङ्ग गाउँपालिकाले बर्ष २०८२ लाई रिबन काट्ने बर्षको रुपमा मनाउनेछौ भन्दै पालिकाको धेरै योजनाहरुले मुर्तरुप लिईदै गरेको समेत बताउनुभयो ।

यस्तै गरि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले सार्बजनिक स्वास्थ र शिक्षा तर्फ बिश्वास अलि कम भएको अवस्थामा प्रभावकारी रुपमा कार्यक्रमहरु लैजानुपर्ने अवस्था रहेको बताउनुभयो । परिबर्तन आफैबाट आउन जरुरी रहेको भन्दै स्वास्थ्य बिमाको प्रचारप्रसारमा आआफ्नो क्षेत्रबाट लागिदिन सन्चारजगतलाई आग्रह गर्नुभयो ।

पालिकाले प्रत्येक वडाबाट अशक्त , गरिब तथा बिपन्न एक/एक सय जनाका दरले ९ सय जनालाई निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम लागू गरिदैछ । अस्पतालले बैशाख ४ गते देखि २४ घण्टा ईनर्जेन्सी सेवालाई बिस्तार गरिएको स्वास्थ्य शाखा प्रमुख बिजय कापरीले जानकारी दिनुभयो । पहिलो चरणमा २ सय जनालाई निशुल्क स्वास्थ्य बिमा गराईएको समेत कापरीले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा सुचारु कार्यक्रमको उद्घाटनमा वडा अध्यक्षहरु, पालिकाका विभिन्न शाखाका प्रमुख लगाएत अन्य स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
अस्पतालले भिडियो एक्सरे , एक्सरे , ल्याब , जनरल सेवा, फार्मेसी सेवा प्रबाह गर्दै आईरहेकोछ ।