प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सव २०८१ को ११ औं दिनमा चर्चित गायक दुर्गेश थापा आउने भएको हो । पछिल्लो समयका सर्बाधिक चर्चामा रहन सफल थापाको” दुस्मन हेरेको हेरै ” बोलको गीतलाई मिलियन भ्युवरले साथ दिएकोछ ।
अधिकांश मेला तथा महोत्सवमा दर्शकलाई महोत्सवमा दोर्याउन सफल थापाको प्रफमेन्स स्टाईल आफ्नै पाराको रहेकोछ । मनहरी खेलकुद तथा व्यापार ब्यापारमा आज सबै भन्दा बढी भिड हुने आकलन गरिएकोछ । दुर्गेश थापा आउने खवर सङ्गै बालबालिका देखि युवा जमात उनको बेग्र प्रतिक्षामा रहेकोछ । आज गायक थापासङ्गै अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरूले प्रस्तुती रहनेछ ।
प्रबेश शुल्कमा वृद्धि भएको जनगुनासो बढेपछी आयोजक मनहरी खेलकुद बिकास समितीले महोत्सव अवधि भरीमा एक दिन कन्सर्ट सहितको टिकट दर २५०/- निर्धारण गरिएको र बाँकी दिनको साधारण टिकट रु. ७०/- र बिद्यार्थीको लागि रु.५०/- कायम रहेको जनाएकोछ । त्यस्तै गरि महोत्सवको पहिलो दिन र समापनको दिन निशुल्क प्रबेशको ब्यबस्था मिलाईएको समेत आयोजक श्रोतले जनाएकोछ ।
आजको प्रस्तुतीमा गायक थापासङ्गै भोलि रमेश राज भट्टराई र अन्तिम दिन सर्बाधिक चर्चामा रहन सफल गायिका एलिना चौहानको प्रस्तुती रहनेछ ।
खेल महोत्सव अन्तरगत खेलाईएको खेलहरुको बिजेता तथा उपबिजेताहरुको टुङ्गो लागिसकेकोछ भने केही खेलहरु भोलि ३ गते सम्म टुङ्गो लाग्नेछ । फुटबल तर्फ वडा नम्बर ७ प्रथम र ६ नम्बर वडा दोश्रो भएकोछ । त्यस्तै भलिबल तर्फ वडा नम्बर ४ च्याम्पियन र वडा नम्बर ३ रनर अप बनेकोछ ।त्यस्तै गरि क्रिकेट तर्फ फाईनलमा वडा नम्वर ७ र ९ बिच उपाधीको लागि आजै भिड्नेछ । एथलेटिक्स र ब्याडमिन्टनको खेल भोलि सन्चालन हुनेछ । आयोजकले ब्याडमिन्टन खेलको खेल तालिका सार्बजनिक गर्दै भोलीबाट शुरु हुनेछ । एथलेटिक्स तर्फको १०० मिटर र २०० मिटरको दौड मनहरी ७ रमौली स्थित क्षेत्रीय रंगशालामा हुनेछ ।

त्यस्तै गरि ब्याडमिन्टन मनहरी ७ रमनटार स्थित रबिन स्मृति कभर्डहलमा सन्चालन हुनेछ ।

खेलको बिजेता तथा उपबिजेताहरुलाई महोत्सबको अन्तिम दिन चैत्र ४ गते मनहरी ८ स्थित गणेशधारा खेल मैदानमा जारी व्यापार महोत्सव प्राङ्गणबाट पुरस्कार बितरण गर्नेछ ।
फाल्गुन २१ गते देखि चैत्र ४ गते सम्म सन्चालन हुने खेलकुद तथा व्यापार महोत्सव २०८१ को आयोजकको रुपमा मनहरी खेलकुद बिकास समिती रहेकोछ ।त्यस्तै व्यापार महोत्सवको ब्यबस्थापकको रुपमा एभरेष्ट ईभेन्ट म्यानेजमेन्ट प्रा.लि. रहेकोछ । त्यस्तै खेलकुद तथा ब्यापार महोत्सव २०८१ को संरक्षकको रुपमा मनहरी गाउँपालिका रहेकोछ ।