प्रथम मनहरी खेलकुद महोत्सव अन्तर्गत क्रिकेट खेलको उद्घाटन भएकोछ । मनहरी ७ रमौली स्थित क्षेत्रीय रङ्गशालामा प्रतियोगिताको मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा ) ले ब्याटिङ गर्नुहुदै खेलको बिधिवत रुपमा उद्घाटन गरिएको थियो ।
उद्घाटनमा सम्बोधन गर्नुहुदै उपाध्यक्ष मगरले पहिलो पटक क्रिकेटलाई पनि समेटेको भन्दै खेलको बिकासमा पालिका लागेको बताउनुभयो ।

प्रथम पटक पालिकाबाट आयोजित क्रिकेट प्रतियोगितामा ७ वटा टिमले सहभागिता जनाएकाछन्।उद्घाटन खेलमा वडा नम्बर १ ले वडा नम्बर ८ लाई पराजित गरेकोछ । ११९ को टार्गेट दिएको वडा नम्बर ८ लाई जवाफी ब्याटिङमा उत्रेको ८ नम्बर ७१ रनमा अल आउट हुँदै ४७ रनले वडा नम्बर १ ले खेल आफ्नो पक्षमा पाफ सफल भए । पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शनी गर्दै वडा नम्बर १ का खेलाडी वसन्त तिमल्सिना म्यान अफ द म्याच घोषणा भए ।

प्रतियोगिताको दोश्रो खेलमा वडा नम्बर ४ र ३ बिच खेल चलिरहेकोछ । वडा नम्बर ४ ले ३ नम्बरलाई १५ ओभरमा १४६ रन बनाउदै १४७ रनको टार्गेट दिएकोछ । यो समाचार तयार गर्दा सम्म ९ ओभरको समाप्तीमा ३ विकेट क्षतिमा ८६ रन बनाउदै खेलिरहेकोछ ।
प्रतियोगितामा आजै अर्को खेल पनि हुनेछ । तेश्रो खेलमा वडा नम्बर ६ र ९ बिच खेल हुनेछ ।
उद्घाटन समारोहमा उपाध्यक्ष मगर सहित १ नम्बर वडा अध्यक्ष शिव प्रसाद खनाल , वडा नम्बर ७ का कार्यबाहक अध्यक्ष नवराज सुवेदी लगाएतको आतिथ्यता रहेको थियो । उद्घाटन समारोहको सभाध्यक्षता खेलकुद बिकास समिती अध्यक्ष बिरु लामाको रहेको थियो ।