बिधालयमा बिधार्थी नियमित गराउने उपाय सफल भएपछी बाचा पुरागर्दै वडा अध्यक्ष थापा

मनहरी गाउँपालिका ४ नम्बर वडाका जननिर्वाचित वडा अध्यक्ष प्रकाश थापाले बिधालय अनुगमनको क्रममा बोलेको वचन पूरा गर्नुभएकोछ ।

मङ्सिर महिनामा बिधालयमा अनुगमन गर्दै जादा चेपाङ प्राथमिक बिधालयमा बिधार्थीहरु कम मात्रामा उपस्थिती देखिएपछी नियमित बिधालय पढ्न आउने बिधार्थिलाई बनभोज कार्यक्रममा लैजाने उद्घोष गर्नुभएको थियो ।

सोही अनुरुप बुधबार गाउँ नजिकै वडा अध्यक्ष थापा सहित बिधालयमा अध्ययनरत बिधार्थी, शिक्षक, बिधालय ब्यबस्थापन समिती, अभिभावक  र अन्यको सहभागितामा बनभोज कार्यक्रम राखिएको थियो । अति सिमान्तकृत समुदायको बालबालिका , दलित र मुस्लिम समुदायका झण्डै १ सय ५० बिद्यार्थी पध्ने बिधालयमा ५ जना शिक्षकले अध्यापन गराउदै आईरहेकाछन्।

वडा अध्यक्षको उक्त उद्घोष पछि बिधालयमा बिधार्थिको सहभागिता बढेको र बिधार्थीहरु नियमित कक्षा आएको बिधालय श्रोतले जनाएकोछ । बिधालयमा बिधार्थीको नियमित सहभागिता देखेपछी वडा अध्यक्ष थापाले हिजो पिकनिक कार्यक्रमको लागि समय दिनुभएको हो ।बनभोज कार्यक्रममा सहभागी बिधार्थीहरु खुशी देखिन्थ्यो। बनभोज कार्यक्रममा सहभागी वडा अध्यक्ष थापाले बिधालयमा बिधार्थीको नियमितताको लागि चालिएको कदम सफल भएको प्रतिक्रिया दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.