मनहरीमा जारी पहिलो खेलकुद तथा व्यापार महोत्सबमा आफ्नो प्रस्तुती लिएर आज मङ्गलबार आउदैछन् ।
नेपाली लोक सङ्गीत जगतका महारथी राजु परियार उनको जीवन कालकै पहिलो साङ्गितिक कोशेली लिएर मनहरी आउने भएकाहुन्। मनहरी खेलकुद बिकास समितिको आयोजनामा सन्चालन भईरहेको प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सबमा लोक सङ्गितका महारथी मनहरी आउने खबरले मनहरी बासीमा खुशी छाएकोछ ।
हज्जारौं चर्चित नेपाली लोक गीत दर्शक सामु ल्याईसकेको परियारको नेपाली लोक जगतमा सदाबहार गायकको रुपमा चिरपरिचित हुनुहुन्छ ।
फाल्गुन २१ गते देखि जारी खेलकुद तथा व्यापार महोत्सव चैत्र ४ गते समापन हुदैछ । गायक परियार सङ्गै चर्चित गायिका रेश्मा पुन मगर र मकवानपुरे लोक गायक गोपिराज घलानको प्रस्तुती रहने महोत्सब ब्यबस्थापक एभरेस्ट ईभेन्ट म्यानेजमेन्ट प्रा लिले जानकारी दिएकोछ । यस्तै दुर्गेश थापा, एलिना चौहान , प्रियन्का कार्की ,तृष्णा गुरुङ, उर्गेन दोङ, प्रकाश तितुङ,रबिन कुमार चेपाङ लगाएत अन्य राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहनेछ ।