विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरमा ६०८ जनाले लिए सेवा

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ पलासे स्थित सुर्योदय माध्यामिक बिधालयमा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ । फाल्गुन २४ गते शनिबार भएको विशेषज्ञ सहितको शिविरमा ६ सय ८ जनाले सेवा लिईएको बिधालयको प्रधानाध्यापक सिताराम सुबेदीले जानकारी दिनुभयो ।

ओम सत्य साई सेवा सस्था र राक्सिराङ्ग गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको शिविरको उद्घाटन राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गर्नुभएको थियो । शिविरबाट राक्सिराङ्ग १,२,३ र ५ नम्बरका सेवाग्राहिले सेवा लिईएकोछ । ८ जना विशेषज्ञ डाक्टरको टोलि सहित राक्सिराङ्ग अस्पतालका डाक्टर समेतको शिविरमा सेवा दिईएको थियो । त्यस्तै गरि भिडियो एक्सरे, महिला सम्बन्धी रोगहरुको उपचार तथा परामर्श,निशुल्क औषधिसमेत बितरण गरिएको थियो ।

शिविरमा अधिकांश महिलाहरुको उपस्थिती रहेको थियो । उद्घाटनको क्रममा अध्यक्ष मल्लले अस्पताल जादा समय लिएर उपचार तथा परामर्श लिनुपर्ने डाक्टरहरु आफ्नो गाउँमै आएर आफ्ना जनतालाई उपचार सेवा दिन तयार भएको प्रती आभार प्रकट गर्नुभयो ।

उद्घाटन कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका अध्यक्ष मल्ल, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, ३ नम्बर वडाका अध्यक्ष उत्तम वाईबालगाएत सस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

 

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.