चेपाङ सामुदायिक नेटवर्क हस्तान्तरण भएकोछ ।आईतबार ईन्टरनेट सबैका लागि भन्ने मुल नाराका साथ नेपाल ईन्टरनेट फाउन्डेसनको सक्रियता सामुदायिक नेटवर्क अन्तर्गत राक्सिराङ्ग गाउँपालिका ५ मा अवस्थित प्रजा प्रगती माबिमा चेपाङ सामुदायिक नेटवर्क ईन्टरनेट जडान गरि बिधालयलाई हस्तान्तरण गरिएको हो ।
फाउन्डेसनले निशुल्क नेट जडान देखि बिधालयमा नेट जडानको लागि आवश्यक पर्ने अन्य कम्प्युटर उपकरण,ईन्टरनेट ब्याण्डविथ, नेटवर्क उपकरण,पावर उपकरण लगाएतका सामाग्री हस्तान्तरण गरिएकोहो ।
हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि एबम राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ईन्टरनेटको पहुँचबाट अझै ओझेलमा रहेको राक्सिराङ्ग जस्तो ठाउँमा सेवा लिएर समुदायलाई नै सजक एबम संरक्षकत्व ग्रहण गराउने क्रममा रोजाईमा पारेकोमा फाउन्डेसनलाई धन्यवाद दिनुभयो ।अध्यक्ष मल्लले बर्तमान राक्सिराङ्ग गणतन्त्रको शुन्दर उपहार हो भन्दै अब राक्सिराङ्गलाई अझ सुदृढ र सक्षम बनाउन प्रबिधीमैत्री बनाउन यो प्रयासले पक्कैपनी ठुलो सहयोग गर्नेछ भन्दै यसको सदुपयोग गर्दै बिधालय र बिधार्थी भाई/बहिनीहरुले आफुलाई स्मार्ट बनाउने बेला आएको बताउनुभयो ।
राक्सिराङ्ग गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौलाले गर्तौला १ बर्ष अघिदेखी नै निरन्तर प्रयास भएकोमा आज सफल भएकोछ भन्दै यसको दिगो सदुपयोगको लागि समुदाय स्तरबाटै जागरुक हुन आवश्यक रहेको बराउनुभयो ।
मन्तव्य राख्ने क्रममा बिशिष्ट अतिथी एबम नेपाल ईन्टरनेट फाउन्डेसनका अध्यक्ष बिक्रम श्रेष्ठले फाउन्डेसनले सपना नेपाल अधिराज्य भरी नै ईन्टरनेट पुर्याउने लक्ष्य लिईएको बताउनुभयो । साथै ईन्टरनेटको सहि सदुपयोग गरिदिन आग्रह गर्नुभयो ।
ईन्टरनेट अहिलेको आवश्यकता रहेको भन्दै मानिसलाई आवश्यक पर्ने सबै कुरा ईन्टरनेट भित्र रहेको समेत बताउनुभयो ।
राक्सिराङ्ग गाउँपालिकाको दुई वटा बिधालयहरु प्रजा जागृती माध्यमिक बिधालय राक्सिराङ्ग ५ चैनपुर र राष्ट्रिय माध्यमिक बिधालय राक्सिराङ्ग ६ सिलिङ्गेमा एक बर्षको निशुल्क ईन्टरनेट सेवा जडान गरिएकोछ ।
सन् २०१९ मा स्थापना भएको फाउन्डेसनले हालसम्म पासाङल्याम्हु गाउँपालिकाको वडा नम्बर ५ को खुन्जे र खुम्जुङ,उत्तरगया गाउँपालिका,भिमफेदी गाउँपालिका,ईन्द्रसरोबर गाउँपालिका र राक्सिराङ्ग गाउँपालिकामा सामुदायिक नेटवर्क निशुल्क रुपमा जडान गरि सकेको नेपाल ईन्टरनेट फाउन्डेसनका प्रोग्राम डाईरेक्टर बिकास खत्रीले जानकारी दिनुभयो ।