४ बर्ष अघि देखि ब्याबसायिक फलफुल खेती गर्दै आईरहेका युवा उद्यमिको रुपमा अगाडि बढ्दै गरिरहेका केशब राउत यतिबेला कस्मिरी रेड एप्पल बयर टिपेर बजार पठाउन ब्यस्त देखिन्छन् ।
मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा स्टार मोर्डन एग्रो फार्म संचालन गर्दै आईरहेका राउतले बयरको बजार राम्रो रहेको बताउनुभयो । उनका भनाई अनुसार अबको २/३ दिन पछि फललागेको झण्डै ७०/७५ प्रतिशत बजारमा गईसक्ने र त्यस पछि भने खुद्राबाटै बेच्ने योजना समेत रहेको सुनाउनुभयो ।
अहिले बयरको बजार हेटौंडा, नारायणघाट र काठमाण्डौ रहेको भन्दै ब्यबसायमा टिक्न सक्नुपर्ने अनुभव शेयर गर्नुभयो । आफू सङ्गै ब्यबसायमा होमिएका साथिहरु अत्तालिएर ब्यबसायबाटै पलाएन भएको बताउदै धैर्यता नै सफलताको प्रमुख मन्त्र हो भन्नुभयो । अहिले ग्रेडिङ गरेर प्रती केजि एक सय पचास रुपैया र ग्रेडिङ नगरेको बयर प्रती केजि एक सय रुपैयाँमा बिकिरहेको राउतले बराउनुभयो ।
उनले झण्डै २ बिघा क्षेत्रफलमा कस्मिरी रेड एप्पल बयर खेती गर्दै आईरहेकाछन्। अन्य प्रजातिको बयर भन्दा स्वादिलो हुने यो प्रजातिको बयरले राउतलाई स्थापित युवा उद्यमिको रुपमा स्थापित गर्दै लगिरहेकोछ ।
बयरको अलावा उनको झण्डै २ बिघामा कुरिलो खेती र लोक्कल कुखुरा पालनमा समेत आफुलाई उभ्याउदै आईरहेका राउतको फार्ममा पुग्दा खेरी छुट्टै माहोल सृजना हुनेगर्छ । उनको बयर, ड्र्यागन र कुरिलो खेतिले गाउँको चिनारीमा समेत फेरबदल ल्याएकोछ ।