दोश्रो युनाईटेड फुड फेस्टिभल १ लाख ३८ हजार बराबरको कारोबार

मनहरी ८ सिम्पानीमा अवस्थित युनाईटेड ई. बोर्डिङ स्कुलमा दोश्रो फुड फेस्टिभल सम्पन्न भएकोछ । बिधालयमा अध्ययनरत बिद्यार्थीको पढाई संगसङ्गै ब्यबसाय गर्ने कलाको बिकास र उनिहरुमा भएको व्यावसायिक क्षमताको प्रदर्शनी गराउने उद्देश्यले दोश्रो युनाईटेड फुड फेस्ट २०८१ आयोजना गरिएको बिधालयका प्रिन्सिपल बिष्णुहरी सुबेदीले जानकारी दिनुभयो ।

बिधालयको १२ औं फुड फेस्टिभल भएता पनि ब्यापारिक रुपमा भने गत बर्ष देखि मात्र आयोजना गरिएको हो । फेस्टिभलमा १३ वटा विभिन्न परिकारका स्टल र एउटा हेल्थ डेस्क गरि १४ वटा स्टल रहेको थियो । बिद्यार्थीहरुद्वारा तयार पारिएको विभिन्न परिकारका स्टलबाट १ लाख ३८ हजार ९ सय ७० रुपैयाँ बराबरको कारोबार गरेको स्कुल कोडिनेटर अमर बर्तौलाले जानकारी दिनुभयो । साथै बर्तौलाका अनुसार यस बर्ष युनाईटेड पिज्जा हबले अन्य स्टलहरु भन्दा बढी कारोबार गर्दै २३ हजार ४ सय ५० रुपैयाँ बराबरको कारोबार गर्न सफल भएकोछ ।

गत बर्ष ९८ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको बिद्यार्थीहरुले यस बर्ष भने गत बर्षको तुलनामा राम्रो व्यापार गर्न सफल भएकोछ । कक्षा १० सम्म अध्यापन हुने बिधालयमा झण्डै १२ सय बिधार्थीहरु अध्ययनरत रहेकाछन् । बिद्यार्थीहरुले हाईजनिक चटपटे, पानीपुरी, लसि, मट्का चिया, पकौडा, फापरको पिठोबाट बनेको परिकार, पिज्जा, चाउमिन, फलफुलको सेकुवा, गाजरको हलुवा लगाएत अन्य परिकारहरु स्टलमा बेच्न राखिएको थियो ।

बिधार्थीहरुलाई सहजिकरणको लागि प्रत्येक स्टलमा एक जना शिक्षक अनिवार्य सहभागिता गराईएको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, प्याबसन मनहरी अध्यक्ष यदुनाथ श्रेष्ठ , रोटरी माध्यामिक बिधालयका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेल, सोही बिधालयका बिब्यस अध्यक्ष रामचन्द्र उप्रेती, अभिभावक संघका अध्यक्ष मिलन अर्याल,बिधालयका पुर्व अध्यक्ष मातृका प्रसाद ढुंगाना लगाएतकाको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.