आज जहानियाँ हुकुमी शाशनको अन्त्य भएको दिन हो । आजकै दिन राणा शासकहरुको १०४ बर्ष लामो शासनको अन्त्यसङ्गै प्रजातन्त्रको शुरूवात भएको थियो । तानाशाही शाशकबाट जनतामाथी निरंकुश शासनबाट आजित भएर जनस्तरबाट बिक्रम सम्बत २००७ सालमा राणा शासन फ्यालिएको थियो ।
प्रजातन्त्र दिवसको अवसरमा राक्सिराङ्ग गाउँपालिका र कैलाश गाउँपालिका बिच मैत्रीपूर्ण क्रिकेट सम्पन्न भएकोछ । जनप्रतिनिधि र कर्मचारी संलग्न रहेको खेलमा राक्सिराङ्ग बिजयी भएको हो ।मनहरी ७ रमौली स्थित निर्माणधिन क्षेत्रीय रंगशालामा भएको खेलमा राक्सिराङ्ग गाउँपालिकाले पहिलो ब्याटिङ गरि कैलाशलाई जितको लागि ६ विकेटको नोक्सानीमा २०५ रनको टार्गेट दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको कैलाशले २० ओभरको खेलमा १० विकेटको नोक्सानमा १२३ रन मात्र बनाए पछि राक्सिराङ्गले ८१ रनको फराकिलो अन्तरले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।

राक्सिराङ्ग गाउँपालिकाका खेलाडी एबम प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौलाले सर्बाधिक ५४ रन र ६ विकेट लिए। राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा बिजयी टोलिलाई ट्रफी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष मल्लले खेलको माध्यामबाट स्थानिय पालिका/ पालिका बिच चिनजान मात्रै नभई एक आपसमा भाईचारा बढ्ने भन्दै यस्तो खेल बेला बेलामा हुनु जरुरी रहेको बताउनुभयो । साथै प्रजातन्त्र प्राप्तिका लागि लड्ने वीर सहिद र योद्धाहरुलाई सधै सम्झनु पर्ने भन्दै आजको दिन जनता स्वतन्त्र भएको दिन सबैले हर्सौल्लासका साथ मनाउनुपर्ने बताउनुभयो ।
खेलको मेन एम्पाएरको भुमिकामा मिलन कार्की र लेग एम्पाएरको भुमिकामा रोजित न्यौपानेले रहेका थिए ।