मनहरी २ नम्बर वडामा हुनगईरहेको बृहत ल्होछार सास्कृतिक कार्यक्रममा तामाङ कल्चरल डान्स प्रतियोगिता हुने भएकोछ । फाल्गुन २ गते मनहरी २ दोभान स्थित त्रिरत्न प्राथमिक बिधालयको प्राङ्गणमा हुने कार्यक्रममा तामाङ सस्कृती झल्कने नृत्य प्रतियोगिता समेत थपिएको मनहरी खेलकुद बिकास समिती सदस्य चन्द्र स्याङ्तानले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपैयाँ सहित मेडल प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो र तेश्रो हुने टिमले क्रमश:७ हजार र ४ हजार सहित मेडल प्राप्त गर्नेछ ।
प्रतियोगितामा बिजेताहुनेहरुको लागि मनहरी २ नम्बर वडाका स्थानिय बासिन्दा युवा समाजसेवी आरिराङ कोरियन भाषा तालिम तथा कन्सलटेन्सी प्रा. लि. का प्रमुख सुबिन्द्र मुक्तानले प्रायोजन गर्नुभएको आयोजना मुल समारोह समिती श्रोतले जानकारी दिएकोछ ।
मन्जुश्री सम्बत २८६१ डुल/ सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रमको मुख्य सहयोगीको रुपमा मनहरी गाउँपालिका रहेकोछ। त्यस्तै मनहरी गाउँपालिका वडा नम्वर २ को संरक्षण तथा सहयोगीको रहेकोछ ।
कार्यक्रममा तामाङ सस्कार तथा सस्कृतिको बारेमा खेन्पो सर्बजित गोङ्बा तामाङ र तामाङ समुदायकै प्रखर बक्त्ता काजिमान थिङको उपस्थितिमा हुन गईरहेको कार्यक्रमको बागमती प्रदेश पुर्ब सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तानको प्रमुख आतिथ्यता रहनेछ ।
कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार विश्व दोङ,जितु लोप्चन र धिरेन लोप्चन सहित अन्यको बेजोड प्रस्तुति रहने आयोजकले जनाएकोछ ।
झण्डै ९९ प्रतिशत तमाङ समुदायको बसोबास रहेको मनहरी २ मा स्थानिय स्तरबाटै ल्होछार बिशेष कार्यक्रम ५/६ बर्ष देखिनै निरन्तर हुँदै आईरहेकोछ । फाल्गुन २ गते हुने बृहत् कार्यक्रमको मनहरी २ नम्बर वडा खेलकुद बिकास समितीले आयोजना गर्नेछ ।