सास्कृतिक कार्यक्रमबाट बचेको पैसाबाट सामाजिक कार्य गर्दै खेलकुद बिकास समिती

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ५ मा गठित खेलकुद बिकास समितीले सामाजिक कार्यमा सक्रियता देखाएकोछ ।

शनिबार समितिले सास्कृतिक कार्यक्रम गरि जोगाएर राखेको रकमबाट दर्दरा चोक देखि दले चोकसम्म फोहोर ब्यास्थापनको लागि स्ट्याण्ड सहितको डसबिन सहयोग गरेको हो । सहयोग सहित रजैयाबाट वडा प्रबेस गर्ने दर्दरा चोक हुँदै दले चोकसम्मको मुल सडक सरसफाई समेत गरिएको थियो ।

सरसफाई अभियानलाई सम्बोधन गर्नुहुदै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतिले सफा र ब्यबस्थित घर आगनको लागि खेलकुद बिकास समितिको प्रयासलाई सराहनीय कार्य भएको बताउदै पालिकाले फोहोर ब्यबस्थापनको लागि यातायातको सेवालाई थप गर्ने उद्देश्यले नया ट्याक्टर खरिद गरि ल्याईएको बराउनुभयो ।

त्यस्तै सरसफाई कार्यक्रमको शुभारम्भलाई सम्बोधन गर्नुहुदै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले फोहोर ब्यबस्थापनको लागि डसबिन राखेर मात्रै नहुने भन्दै हाम्रो आचरणमा सुधार ल्याउनुपर्ने र संरक्षणको लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । खेलकुद बिकस समितीको सराहनीय कार्यले सफा र स्वच्छ मनहरीको अभियानलाई थप मद्दत पुगेको भन्दै समितिलाई धन्यबाद समेत दिनुभयो । पालिकाले फोहोर ब्यबस्थापनमा थप प्रभावकारीता बढाउन र सबै क्षेत्रलाई सेवा प्रदान गर्नको लागि सवारी पालिकामा आईसकेको र सवारी चालकको दर्खास्त आव्हान गरिएको जानकारी दिनुभयो ।

सरसफाइ अभियान नियमित कार्य भएको र स्वस्थ रहन आफ्नो घर आगन आफैले सफा गर्न र सफा रहने बानीको बिकास गराउन यस प्रकारको अभियानले ठूलो सहयोग पुग्ने वडा अध्यक्ष दिपेन्द्र अधिकारीको भनाई रहेकोछ । साथै अभियानमा समुदाय स्तरबाट देखिएको तदारुकता निरन्तररुपमा रहिरहने बिश्वास समेत ब्यक्त गर्नुभयो ।

समितिले असोज २३ गते बृहत सास्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ४ लख ५० हजार रुपैयाँ संकलन भएको थियो । कार्यक्रम ब्यबस्थापनको लागि ३ लाख १० हजार रुपैयाँ खर्च भएको र समितिसङ्ग बाकी रहेको १ लाख ३४ हजार रुपैयाँ बराबरको रकमबाट सामाजिक क्षेत्रमा सहयोग गरिएको समिती संयोजक कबिन दर्लामी मगरले जानकारी दिनुभयो । दर्लामीका अनुसार यस भन्दा अगाडी १०० र २०० वाटका ३९ हजार रुपैयाँ बराबरको एलईडि फ्लड लाईट बाटोको पोलहरुमा जडान गरिएको थियो । यस्तै गरि समुदायलाई फोहोर ब्यबस्थापनको लागि थप मद्दत पुगोस भनेर स्ट्याण्ड सहित २५ वटा डसबिन ठाउँ ठाउँमा राखिएको जानकारी दिनुभयो । यस कार्यको लागि ९५ हजार रुपैयाँ खर्च भएको समेत संयोजक दर्लामीले जानकारी दिनुभयो ।

सरसफाई अभियानमा मनहरी ५ का स्थानिय बासी एबम संविधान सभा सदस्य माननीय राजाराम स्याङ्तान ,पालिका अध्यक्ष , उपाध्यक्ष सहित संविधान सभा सदस्य माननीय राजाराम स्याङ्ता , वडा अध्यक्ष , टोलबिकास समिती, वडा स्तरिय बाल संजाल , स्काउट , स्थानिय समाजसेवी, अगुवा लगाएत अन्यको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.