तामाङ समुदायको महान चाड सोनाम ल्होछार अर्थात नया बर्ष २८६१ औं सर्प बर्षको अवसरमा आयोजित सोनाम ल्होछार तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएकोछ । माघ १६ र १७ गते दुई दिनसम्म सन्चालन भएको कार्यक्रमको दोश्रो दिनमा एकै दिन १५ हजार भन्दा बढीले हेरेको आयोजकले जानकारी दिएकोछ । ज्योती मगर आउने भनेपछी घरको काम र अन्य व्यवहार समेत मिलाएर फुर्सद निकालेर ल्होछार मेला हेर्न पुगेका दर्शकलाई नचाउन आईपुगेका राष्ट्रिय कलाकार मगरलाई स्कटिङ गरेर स्टेजमा पुर्याईएको थियो ।
एक पछि अर्को चर्चित चर्चित गीत मार्फत दर्शकलाई नचाएका कलाकार मगरले बेलाबेलामा ठट्यौली पारामा दर्शकलाई आफुतिर ध्यानाकर्षित गराएकाथिए । बालक देखि वृद्ध , युवा/युवती देखि बयस्क सबैको उपस्थितिले ल्होछार मेलाले महोत्सवको झझल्को दिन सफल भएको थियो । कार्यक्रममा तामाङ समुदाय मात्र नभई गैर तामाङसमेतको बाक्लो उपस्थितिले सोनाम ल्होछारलाई थप उचाईमा पुर्याईएको आभास दिलाईएको पाईन्थ्यो । धेरैको तामाङ समुदायको महान चाडमा ज्योती मगर ल्याउने भनेर आलोचना खेप्नुपरेको आयोजकलाई दर्शकको थामी नसक्नुको भिडले राहात मिलेकोछ।
त्यस्तै अर्का चर्चित लोक दोहोरी गायक, मकवानपुरे कलाकार नेपालकै पहिलो चेपाङ गायक रबिन कुमार चेपाङले पनि दर्शकलाई लालिपप खुवाउदै भरत ताल घुमाउने बोलको गीतले कार्यक्रम स्थल डान्स पार्टी जस्तो माहोल सृजना भएको थियो । यस्तै पुराना कलाकार पृती ब्लोनको छेरेङ्गाईले थप बिशेष बनेको कार्यक्रममा आस्था कलाकेन्द्रको कलाकारहरुको नृत्यले दर्शकलाई झुमाउन सफल भए ।
दुई दिन सम्म चलेको मेलामा पहिलो दिन अर्थात १६ गते नेपालकै चर्चित लोक गायक मिलन लामा

र पछिल्लो पुस्ताका नेपाली चलचित्रमा आफ्नो जादुमय स्वर दिईसक्नुभएका गायिका रेश्मा पुन र अर्का शेलो गायक जीवन भोम्जनको प्रस्तुतिले दर्शकलाई नचाईएको थियो ।
कार्यक्रममा ८० बर्ष पूरा भएका वृद्ध/ वृद्धालाई सम्मान कार्यक्रमले थप रोचकता र अर्थपूर्ण बनाएको थियो । वडा नम्बर ८ का ५३ जना र मनहरी ७ का ७० जना जेष्ठ नागरिकलाई सम्मान गरिको थियो ।

कार्यक्रमको उद्घाटनमा बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै समापन कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको सहयोगीको रुपमा समेत रहेको गाउँपालिकले समितिलाई ऋणको भारी नबोक्नेगरी गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । त्यस्तै गरि कार्यक्रमकै सहयोगीको रुपमा रहेको ७ नम्बर वडाले १ लाख रुपैयाँ दिने घोषणा गरिसकेकोछ ।
दुईदिन सम्म संचालित ल्होछार मेला तथा बृहत सास्कृतिक कार्यक्रममा २० हजार भन्दा बढिले अबलोकन गरेको आयोजक श्रोतले जनाएकोछ ।
बाल उद्यान, खाजाका स्टल ,तामाङ समुदायको खानाको परिकार , कपडा लगाएत अन्य स्टलले मेलामा आउने दर्शकलाई थप आकर्षित गरेको थियो । सोनाम ल्होछार मुल आयोजक समिती संयोजक सुरेश मुक्तानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पश्चिम् मकवानपुर क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।