आजदेखी राक्सिराङ्गमा ३ दिन सोनाम ल्होछार बिदा

राक्सिराङ्ग गाउँपालिकाले तामाङ समुदायको महान चाड सोनाम ल्होछारको अवसरमा ३ दिन सार्बजनिक बिदा दिएकोछ ।

पालिका भित्र बसोबास गर्ने प्रमुख जातिको रुपमा रहेको तामाङ समुदाय पछिल्लो जनगणना २०७८ अनुसार ४६.२५ प्रतिशत रहेकोछ ।

पालिकाले सबै धर्म तथा समुदाय समान भएको भन्दै पालिकाले आजबाट लागू हुनेगरी ३ दिन अर्थात माघ १६,१७ र १८ गते पालिकाले सार्बजनिक बिदा दिएको हो ।साथै २८६१ औं सोनाम ल्होछार हर्सोल्लासमय ढङ्गले मनाउन पनि आग्रह गरेकोछ । पालिकाले प्रत्येक बर्ष कृस्मस तथा ल्होछार पर्व तथा अन्य पर्बमा बिदा दिईदै आईरहेकोछ । पालिकाले दिईएको सार्बजनिक बिदालाई तामाङ समुदाय तथा अन्य समुदायले सकारात्मक प्रतिक्रिया दिएकाछन्।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.