मोबाईल एसोसिएसन नेपाल पश्चिम् क्षेत्र समिति मनहरीले स्टेशनरीका सामाग्री बितरण गरेकोछ । मंगलबार मनहरी गाउँपालिका वडा नम्बर ६ कै बिकट मानिने रुपाचुरी, बालभञ्ज्याङ्ग स्थित राष्ट्रिय सरस्वती प्राथमिक बिधालयमा अध्ययनरत बिपन्न परिवारका बिद्यार्थीहरुलाई स्टेशनरीका सामाग्री बितरण गरेको हो ।

ईसिडी देखि कक्षा ३ सम्मका ७२ जना बिद्यार्थीहरुलाई कापी , कलम ६/६ वटाको दरले बितरण गरिएको हो । समितिले उक्त बिधालयमा पढ्ने बिद्यार्थीहरुलाई बिस्कुट खाजा समेत गरि ४५ हजार बराबरको सहयोग गरिएको समितिका अध्यक्ष हिम शिखर ब्लोनले जानकारी दिनुभयो।
समितिमा आबद्ध रहेका १८ जनाबाट उठाएका रकमबाट दुर्गम क्षेत्रमा केही काम गरौ र सानै सहयोगले पनी केही राहत हुने किसिमको कार्य गरौ भन्ने साथिहरुको सल्लाह अनुसार मनहरी गाउँपालिकाकै बिकट मानिने मनहरी ६ रुपाचुरी स्थित बालभन्ज्याङ्गको बिधालयका बिद्यार्थीहरुलाई सहयोग गरिएको समितिका महासचिव रुद्र बहादुर मुक्तानले जानकारी दिनुभयो ।

हिमशिखर ब्लोनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ६ नम्बर वडा सदस्य प्रबिता बि.क.को बिशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम् क्षेत्र समितिका सचिव तथा मोबाईल एसोसिएसन नेपाल मनहरीका सस्थापक अध्यक्ष चन्द्रमणी पाठक,बिधालयका प्रधानाध्यापक अनन्त चौधरी लगाएतको आतिथ्यता रहेको थियो ।

समितिले मनहरी बजार बन्दको समय पारेर सहयोगको सामाग्री लिएर रुपाचुरी पुगेको थियो । स्टेशनारीका सामाग्री बितरण कार्यक्रममा समितिका अध्यक्ष हिम शिखर ब्लोन,उपाध्यक्ष सौगात श्रेष्ठ,उपाध्यक्ष रुपेश श्रेष्ठ, महासचिव रुद्र बहादुर मुक्तान,सचिब वीर बहादुर गोले ,कोषाध्यक्ष भगवान रौनियार, सह कोषाध्यक्ष एनिस कर्माचार्य,सदस्यहरु सुबास भट्ट,ईमान प्रजा,निरज रिमाल,सुमित मधिकर्मी,चन्द्र मणि पाठक,आनन्द रौनियार,पुष्कर श्रेष्ठ,रमेश मधिकर्मी,रोशन श्रेष्ठ, राज श्रेष्ठ,सुदिप श्रेष्ठ,लक्ष्मण गौतम र राम वाईबा लगाएतको उपस्थिति रहेको थियो ।