पछिल्लो समयमा नेपाली राजनीति बृतमा निक्कै चर्चा कमाउन सफल नेकपा माओवादी केन्द्रबाट निर्बाचित संघीय संसद माधब सापकोटा ( सुबोध) मकवानपुरको राक्सिराङ्ग आउने निस्चित भएकोछ । पार्टिको गाउँकमिटीको तेश्रो अधिबेशनलाई सम्बोधन गर्न पार्टी केन्द्रिय कमिटी सदस्य एबम सिन्धुपाल्चोक जिल्लाबाट निर्बाचित प्रतिनिधि सभा सदस्य माननीय माधव सापकोटा ( सुबोध ) यहि माघ ८ गते मंगलबार आउने निस्चित भएको नेकपा माओबादी केन्द्र राक्सिराङ्ग गाउँ कमिटी अध्यक्ष हस्त बहादुर मुक्तानले जानकारी दिनुभयो ।
भ्रष्टाचार,सुशासन,समाजिक न्याय र सम्बृद्धिको पक्षमा हाम्रो अभियान भन्ने मुल नाराका साथ खबरदारी सभा सहितको अधिबेशन गर्न लागेको माओवादी केन्द्र राक्सिराङ्ग श्रोतले जनाएकोछ । साथै खबरदारी सभामा पालिका भित्रका माओबादी केन्द्रका झण्डै २ हजार भन्दा बढी स्थानिय नेता, कार्यकर्ता र पार्टी सम्बद्ध शुभेच्छुकहरुको सहभागिता रहने पनि आयोजकको दाबी रहेकोछ ।
पार्टी भित्रका दोश्रो पुस्ताका प्रष्ट बक्ता एबम चर्चित अनुहार सापकोटाले यस भन्दा अघि थाहा नगर कमिटीको अधिबेशनमा आतिथ्यता जनाईसकेकाछन्। दोश्रो पटक मकवानपुर आउदै गरेका सापकोटाले प्रतिनिधि सभाको सदनमा दिएका हरेक फुटेजहरु चर्चामा रहने गरेकोछ ।
राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर ५ स्थित हाटबजार स्थलमा खबरदारी सभाको तयारीमा रहेको राक्सिराङ्ग माओबादी केन्द्रले सापकोटाका अलावा पार्टीका बागमती प्रदेश अध्यक्ष एबम बागमती प्रदेश सभा सदस्य माननीय सरल सहयात्री , त्यस्तै बागमती प्रदेश कमिटी उपाध्यक्ष एबम बागमती प्रदेश सभा सदस्य माननीय प्रेम बहादुर पुलामी छिन्तु लगाएत पार्टीका अन्य नेताहरुको आगमन रहने जानकारी आयोजकले दिएकोछ ।