सहारा बिहिन प्रजा दम्पतीलाई घर हस्तान्तरण गर्न माघ ५ गते पुर्व मन्त्री झाक्री राक्सिराङ्ग आउँदै

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ साचक निवासी सहारा बिहिन, निशन्तान दम्पतीलाई बस्नको लागि आवास सहित अक्षयकोष हस्तान्तरणका लागि निबर्तमान भौतिक तथा शहरी बिकास मन्त्री रामकुमारी झाक्री आउने भएकोछ । नेतृ झाक्री नेकपा समाजबादी पार्टीका प्रभावशाली नेतृ पनि हुन्।

राक्सिराङ्ग गाउँपालिका वडा नम्वर ५ साचक निवासी निशन्तान, दयनीय अवस्था, साहाराबिहीन वृद्ध दम्पति जयराम प्रजा ( १०० बर्ष) र लक्ष्मी प्रजा (९० बर्ष) को लागि खाना र बस्न निक्कै समस्या देखे पछि सामाजिक अभियानता रेखा लोप्चन तामाङले उनिहरुलाई खान र बस्नको लागि सहयोग गरिदिने प्रतिबद्धता ब्यक्त गरेका थिए । झण्डै १ दशक देखि सामाजिक क्षेत्रमा निरन्तर लागि पर्दै आईरहेकी लोप्चनले देशका सिमान्तकृत समुदाय र असहायलाई घर बनाईदिने देखि खाद्यान्न र लत्ताकपडा समेत सहयोग गर्दै आईरहेकाछन्। हालसम्म उनले सामाजिक कार्य गरेको आधारमा ७ वटा राष्ट्रिय पुरस्कार समेत जितिसकेकीछिन्।

मकवानपुरका सहारा बिहिन दम्पतीलाई तीन महिना अघि मात्रै राहत बितरणको क्रममा फिल्डमा पुग्दा गाउँमा नाजुक अवस्थामा भेटिएको थियो । खाना खाने केही नभएको र बस्ने घरको अवस्था पनि जिर्ण अवस्थामा देखेपछी सामाजिक अभियानता लोप्चनले उनिहरुलाई खाना र बस्नको लागि ब्यबस्थित घर बनाईदिने वचन दिएकी थिईन्। सोहि अनुरुप अभियानता लोप्चनले सामाजिक सन्जाल मार्फत सहारा बिहिन दम्पतिको लागि घर बनाईदिन सहयोगको अपिल गरेकी थिईन् ।

सोही अनुसार स्वदेश तथा बिदेशमा रहेका मनकारी ब्यक्तिहरुबाट सहयोग प्राप्त गरि घर निर्माण तथा तत्काल आवश्यक सामाग्री खरिद गरि सो परिवारलाई हस्तान्तरण गरिएको लोप्चनले जानकारी दिनुभयो ।

उनका अनुसार घर निर्माणको लागि अमेरिका जर्जिया,स्नेलभिल निवासी कर्ण बहादुर गुरुङ तथा प्रेमा गुरुङका छोराहरु सलिन गुरुङ र समिन गुरुङको आर्थिक सहयोग प्राप्त भएको हो । घर निर्माणको लागि ३ लाखको हाराहारीमा खर्च भएको र नगद ३ लाख जति संकलन भैसकेकोछ । उठेको रकमलाई बैंक खाता खोली राखिदिने ब्यबस्था सहित अगाडि बड्न लागिएको उनको भनाई रहेकोछ । उनिहरुलाई न्यानो कपडा, खानेकुरा ग्यास चुलो भाडाकुडा सबैको ब्यबस्था गरिएकोछ ।

तीन महिना सम्म कलेको अभियानबाट उनिहरुलाई बाचुनजेल खाना बस्न ब्यस्थापन र घर बनाउने अभियानको हस्तान्तरण गर्न पुर्व भौतिक तथा शहरी बिकास मन्त्री मननिय रामकुमारी झाक्री आउने निश्चित भैसकेको अभियानता लोप्चनले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.