सिनेमाको माध्यमबाट थाहोको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्यसहित पुस २८ गतेदेखि आगामी माघ १ गतेसम्म थाहा कला केन्द्र, मकवानपुरको आतोजनामा थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करणको शुरु गर्न लागेको हो ।
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा हुने थाहा फिल्म फेस्टिभल अन्तर्गत थाहा नगरपालिका ६ स्थित वज्रबाराही हलमा चलचित्र, लघुचलचित्र र वृत्तचित्र प्रदर्शनी गरिने थाहा फिल्म फेस्टिभल–२०२५ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार फिल्म फेस्टिभलमा प्रदर्शनीका लागि चलचित्र, लघुचलचित्र र वृत्तचित्र गरी २१ वटा चलचित्र छनोट गरिएको छ ।
चलचित्र, लघुचलचित्र र वृत्तचित्र निःशुल्क रुपमा हेर्ने व्यवस्था मिलाइएको थाहा कला केन्द्र, मकवानपुरका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिनुभयो । अध्यक्ष मुक्तानले थप्दै भन्नू भयो “थाहा नगरमा सिनेमा छायाङ्कन गर्ने सिनेमाका टिमलाई सम्मान गर्ने कार्यक्रम छ ।” थाहा नगरसहित इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्म सिटीको रुपमा विकास गर्न सहयोग पुर्याउने उद्देश्यसहित फिल्म फेस्टिभल आयोजना गरेकाछौं । फेस्टिभलकै अवसरमा थाहा नगरको पर्यटन प्रवर्धनका लागि बनाइएका वृत्तचित्रसँगै थाहा नगरमा छायाङ्कन गरिएको सिनेमाहरु फेस्टिभल अवधिमा प्रदर्शनी गरिने भएको छ ।
फेस्टिभलमा मोदीवेनी, सतिदेवी, लाखे, पखेटा, बाटो र टुल्की सहित २१ वटा चलचित्र प्रदर्शनी गर्ने कार्यतालिका रहेको आयोजकले जनाएकोछ । पहिलो संस्करण गत साल मङ्सिर ९ गतेदेखि १५ गतेसम्म सन्चालन गरिएको थियो ।