राक्सिराङ्गमा दृष्टि बिहिन जिस्तालाल सहित ५९ जनाले प्राप्त गरे अपाङ्गता कार्ड

राक्सिराङ्ग गाउँपालिकामा ५९ जनाले अपाङ्गता कार्ड प्राप्त गरेकाछन् ।अपाङ्गता परिचयपत्र प्राप्त गर्नेमा वडा नम्बर ६ निवासी दृष्टि बिहिन गायक जिस्तालाल चेपाङ समेत रहेकाछन्।

पालिकाले यहि पौष १८ र १९ गते संचालन गरेको अपाङ्गता भएका ब्यक्तीहरुको स्वास्थ्य परिक्षण तथा अपाङ्गता परिचयपत्र बितरण कार्यक्रम मार्फत उक्त संख्या थप भएको हो । दुई दिनसम्म संचालन गरिएको कार्यक्रम राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ६ र ७ मा संचालित भएको थियो ।

अपाङ्गता कार्ड प्राप्त गरे सङ्गै अपाङ्गता भएका ब्यक्तिहरुको लागि राज्यबाट प्राप्त हुने आर्थिक सहायता, सेवा, सुबिधामा समेत समाबेश गर्न सजिलो भएको वडा नम्बर ६ का अध्यक्ष अक्कल बहादुर मुक्तानले बताउनुभयो ।

गत आर्थिक बर्षमा गाउँपालिकाले सन्चालन गरेको घरधुरी सर्बेक्षणमा अपाङ्गता भएका ब्यक्तीको संख्या उल्लेख्य मात्रामा देखिएको तर परिचयपत्र प्राप्त नगरेको देखिए पछि गाउँपालिकाले शिविर नै सन्चालन गरेको हो ।

कार्यक्रम मार्फत ८ जनाले “क” बर्गको परिचयपत्र,१९ जनाले “ख” बर्ग,१४ जनाले “ग” बर्ग र १८ जनाले”घ” बर्ग गरि ५९ जनाले अपाङ्गता कार्ड प्राप्त गरेकाहुन्। भौगोलिक बिकटता र शारीरिक अशक्तताका कारण समुदाय भित्रका अपाङ्गता भएको ब्यक्तीको वास्तविक तथ्यांक बाहिर आउन नसकेको गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख गोमा पन्थीले जानकारी दिनुभयो । गत बर्षको पालिकाद्वारा संचालन गरेको घरधुरी सर्बेक्षणमा देखिएको अपाङ्गता भएको ब्यक्तिहरुको स्वास्थ्य परिक्षण र अपाङ्गता कार्ड बितरणको लागि मेडिकल टिम सहित टोल – टोलमा पुगेको हो । गाउँपालिकाले अपाङ्गता भएको कागजात प्राप्त गर्नसाथ तुरुन्तै प्रदान गरिने पन्थीले जानकारी दिनुभयो ।

यस भन्दा अघि पालिकाभित्र ४८ जनाले “क” बर्ग, ६१ जनाले “ख” बर्ग,३१ जनाले “ग” बर्ग र १३ जनाले “घ” बर्गको अपाङ्गता कार्ड प्राप्त गरेका थिए । पछिल्लो तथ्यांक अनुसार पालिकामा “क” बर्गको अपाङ्गता कार्ड लिने ५६ जना , “ख” बर्गको अपाङ्गता कार्ड लिने ८० जना, “ग” बर्गको अपाङ्गता कार्ड लिने ४५ जना र “घ” बर्गको अपाङ्गता कार्ड लिने ३१ जना गरि सबै प्रकारका अपाङ्गता कार्ड प्राप्त गर्नेको संख्या २ सय १२ जना पुगेकोछ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गत “क” बर्गलाई ३ हजार ९ सय नब्बे र “ख” बर्गलाई २ हजार एक सय एकाईस प्रत्येक महिना प्रदान गर्दै आईरहेकोछ । त्यस्तै ग र घलाई भत्ता बाहेक अन्य सेवा सुबिधा प्राप्त गर्नेछ्न् ।

कार्यक्रममा वडा नम्वर ६ र ७ का वडा अध्यक्ष अक्कल बहादुर मुक्तान र राम बहादुर प्रजा सामाजिक बिकास शाखा प्रमुख गोबिन्द अधिकारी, महिला तथा बालबालिका शाखा प्रमुख गोमा पन्थी र स्वास्थ्यकर्मी लगाएत अन्यको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.