मनहरी २ स्थित रत्नलिङ्ग गुम्बाको वडा अध्यक्ष पाख्रिनद्वारा शिलान्यास

आत्मराम रुम्बा – मनहरी २
मनहरी गाउँपालिका वडा नम्बर २ मा रहेको रत्नलिङ्ग गुम्बाको शिलान्यास भएकोछ । गुम्बाको मङ्गलबार वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिनले शिलान्यास गर्नुभएको हो ।

संस्कृती पर्यटन बिकास कार्यालय हेटौंडाबाट दश लाख बजेट बिनियोजन भएपछी ब्यबस्थित गुम्बाको निर्माण हुने भएकोछ । मनहरी २ भुन्द्रुङ टाँडीमा अवस्थित उक्त गुम्बाले हरेक बर्ष लोछार कार्यक्रमका साथै अन्य पाठ पुजा गर्दै तामाङ संस्कृतीको जगेर्ना गर्ने कार्यमा लागि पर्दै आईरहेकोछ । झण्डै ९९ प्रतिशत भन्दा बढी तामाङ समुदायको बसोबास रहेको उक्त वडामा ब्यबस्थित गुम्बा बन्ने पक्का भएसङ्गै स्थानिय समुदाय खुशी भएकाछन्

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.