सिलिङ्गे स्कुलका बिद्यार्थीलाई जाडोमा न्यानो ओढ्ने कपडा

राक्सिराङ्ग गाँउपालिका ६ सिलिङ्गेमा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुकालागी लिसा हिमालया इ भी को आर्थिक सहायतामा दिगो विकासकालागी एकता नेपालले आफ्नो नियमित कार्यक्रम Education, Health and Livelihood Support Project in Raksirang अन्तर्गत न्यानो ओढ्ने ओछ्याउने कपडा वितरण गरेको छ ।

सोमबार जाडो बढेसङ्गै र छात्राबासमा बस्ने विद्यार्थीहरुका लागि न्यानो ओढ्ने ओछ्याउने नभएको कारण उनीहरुले कष्टकर रात व्यतित गर्दै आईरहेको बिधालयका प्रधानाध्यापक लालमाया प्रजाले बताउनुभयो । विद्यालयको अनुरोधमा राक्सिराङ्गमा काम गर्ने दिगो विकासका लागि एकता नेपालद्धारा विद्यार्थीहरुका लागि ६० सेट सामग्री हस्तान्तरण गरिएको हो ।

न्यानो कपडा राक्सिराङ्ग गाँउपालिकाका उपाध्यक्ष बनस्तम थिङ्ग तथा वडा नं. ६ का अध्यक्ष अकल बहादुर मोक्तानको उपस्थितीमा हस्तान्तरण गरिएकोहो । बितरण गरिएको सामाग्रीहरुमा डसना, खोल सहितको फाइबरको सीरक, तन्ना तथा तकिया आदि रहेकाछन् ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.