कृषि हाटबजारले पढ्दै कमाउदै गरेका बिधार्थी देखि साग उत्पादक किसानसम्मलाई उत्साहित बनाउदै

राक्सिराङ्ग गाउँपालिकाले सन्चालन गरेको कृषि हाटबजार २०८१ को आज बिबिध कार्यक्रमका बिच सन्चालनमा आएकोछ । प्रत्येक महिनाको १ र १५ गते लाग्ने मेलाको बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निबारण मन्त्री माननीय मदु कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका मन्त्री श्रेष्ठले कृषि हाटबजार क्षेत्र भित्रको प्राङ्गणमा राक्सिराङ्गको पहिचान बोकेको चिउरीको बिरुवा सारेर उद्घाटन गर्नुभएको हो ।

मन्त्री श्रेष्ठले आफू पनि राक्सिराङ्गको भुगोल सङ्गै जोडिएको क्षेत्रको जनप्रतिनिधि भएको बताउदै राक्सिराङ्गको बिकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बिगद तीन बर्ष देखि संचालन हुँदै आईरहेको कृषि हाट बजारमा यस पटक स्थानिय स्तरमा उत्पादित बस्तु तथा बालिहरुको राम्रै उपलब्धता रहेको थियो । ५० वटा स्टल र अन्य छिटफुट गरि ६० वटा भन्दा बढी रहेको र स्थानिय कृषि उत्पादन तथा अन्य गरि तीन लाख बराबरको व्यापार भएको पालिकाले जनकारी दिएकोछ । यस पटकको हाट बजारमा राक्सिराङ्गकै एक मात्र प्राबिधिक शिक्षालय सुर्योदय माध्यमिक बिधालयमा बाली बिज्ञान( ९-१२) मा अध्ययनरत बिधार्थीहरुले उत्पादन गरेको च्याउ सबैको नजरमा पर्न सफल भएको थियो ।

त्यस्तै दुङ्गु खोलाबाट ल्याईएको शुन्ताला, अकबरे खुर्सानी, खोले साग, फापरको रोटि, गिट्ठा, पिँडालु रायो तथा सुपको साग, भोगटे , डोको , नाङ्लो,कृषि तथा घरायसी घर धन्दाको लागि आवश्यक पर्ने कृषि औजार, काउली, आलु, गोलभेडा, मह, बङ्गुरको मासु लगाएत अन्य सामाग्री बिक्रीको लागि राखिएको थियो ।

त्यस्तै गरि विभिन्न संघसस्थाका प्रदर्शनी, नगर प्रहरी सहायता कक्ष, सामान्य स्वास्थ परिक्षण लगाएतका सेवा प्रदान गरिएको थियो ।

त्यसको साथसाथै गत आर्थिक बर्षमा सन्चालनमा आएको हाटबजारको मुल्यांकन सार्बजनिक तथा सम्मान कार्यक्रम समेत राखिएको थियो । वडागत रुपमा गरिएको कार्यक्रममा वडा नम्बर ३ सर्बोत्कृस्ट घोषित भए त्यस्तै वडा नम्बर ७ र ८ क्रमश दोश्रो र तेश्रो हुन सफल भएको थियो । त्यस्तै गरि बिगदमा स्टल राखी र विभिन्न माध्यामबाट कार्यक्रम सफल बनाईदिन सहयोग गर्ने ब्यक्ती तथा स्थानिय ब्याबसायीहरुलाई नगद सहित कदर पत्र द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठसङ्गै संविधान सभा सदस्य, पुर्ब प्रदेश राज्य मन्त्री , जिसस मकवानपुर प्रमुख देखि कैलाश गाउँपालिका , मनहरी गाउँपालिका प्रमुख, उधोग बाणिज्य पश्चिम क्षेत्र समिती सभापति लगाएत अन्य राजनैतिक तथा सामाजिक संघ सस्थाको प्रतिनिधीको उपस्थितिले पालिकाको मात्रै नभईकन पश्चिम मकवानपुरकै केन्द्रको रुपमा स्थापित भएको महशुस दिलाएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै पालिका उपाध्यक्ष बनस्तम थिङले राक्सिराङ्गका खोलामा पुल नहुदा बिकासमा बाधा आईपरेको बताउनुभयो ।

संविधानसभा सदस्य गोबिन्द राम चेपाङले हाटबजारले राक्सिराङ्गको रैथाने बालिको पहिचान तथा प्रबर्द्धनको लागि ठूलो योगदान पुर्याएको भन्दै निरन्तरराको लागि शुभकामना दिनुभयो ।

बागमती प्रदेश सभा सदस्य तथा निबर्तमान भौतिक पुर्बाधार राज्य मन्त्री सन्त बहादुर चेपाङले कृषि हाटबजार मेला पालिकाको विभिन्न वडाहरुमा आयोजना हुन आवश्यक रहेको बताउदै आफ्नो क्षेत्रको बिकास गर्न आफ्नै मन्त्री हुनुपर्ने कुरा बताउनुभयो ।

मन्तब्यकै क्रममा मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलानले अनेकन बाधा अड्चन झेल्दै आज सम्म आईपुग्दा राक्सिराङ्ग सफल भएको र सबैको ध्यान राक्सिराङ्गमा केन्द्रित हाटबजारले बनाएको भन्दै राक्सिराङ्ग कृषि हाट बजार एउटा ब्राण्ड बन्न सफल भएकोमा पालिकालाई बधाई दिनुभयो ।

कैलाश गाउँपालिका अध्यक्ष लोक राज मुक्तानले ग्रामिण क्षेत्रको बजारिकरणमा हाटबजारको महत्वपुर्ण हात रहने भन्दै राक्सिराङ्गले गरेको निरन्तरको प्रयास सफलताको दिशातिर लागेको भन्दै पालिकालाई शुभकामना ब्यक्त गर्नुभयो ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले राक्सिराङ्ग कृषि हाटबजार भन्ने बित्तिकै सबैको मनमा आर्गनिक चिज बस्तु पाउने मेला हो भन्ने बुझ्ने गरेको भन्दै यसको गरिमा जोगाईराख्न आवश्यक रहेको बताउनुभयो ।

उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितीका सभापति गणेश मान मानन्धरले राक्सिराङ्गका ब्याबसायीहरुलाई हतेमालो गर्दै अगाडि बढ्न संघ तयार रहेको बताउनुभयो ।

स्थानिय उत्पादनको प्रबर्द्धन र बजारिकरणको लागि वडा स्तरमै हाट बजार सन्चालन गर्ने जमर्कोमा वडा नम्बर ३ लागि परिरहेकोछ । उसले हरेक शनिबार वडा स्तरको हाट बजार सन्चालन गर्ने निर्णय गरि सन्चालनमा जादैछ ।

कार्यक्रमको सभाध्यक्ष एबम राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले यो कृषि हाटबजार राक्सिराङ्गको पहिचान बन्दै गएको र यसलाई निरन्तरता दिन ब्यबस्थित ढङ्गले अगाडि बढ्न पालिका लागि परेको बताउनुभयो ।

पाँच लाखको बाटो खन्दै जाँदा पाँच करोडको पुल आवश्यक पर्ने हुँदा स्थानिय श्रोत थोरै हुँदा बिकासको गति रोकिन पुगेको बताउनुभयो ।यस प्रती प्रदेश सरकार तथा केन्द्रिय सरकार जानकार हुँदा हुँदै पनि आफुहरुलाई उपेक्षा गरिएको बताउनुभयो । पत्रु खानाको सवालमा यसले जनतालाई निक्कै रोगी बनाउदै लगेको भन्दै आर्गनिक आहारमा ध्यान दिन बिशेष कार्यक्रम ल्याउने बताउनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.