मनहरीमा चौथो जेष्ठ नागरिक दिवसको अवसरमा बिहिबार जेष्ठ नागरिकहरुसंग अनुभव आदनप्रदान तथा सुझाव संकलन सम्पन्न भएकोछ ।
मनहरी गाउँपालिकाको वडा नम्वर ३ को लामिटार सभाहलमा पालिकाको आयोजनामा आयोजित कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुसंग उनिहरुका अनुभव आदन प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी अधिकांश जेष्ठ नागरिक नेपाली ढाकाटोपीमा सजिएर आएका उनिहरुले बृद्ध भत्ता घरघरमै पुर्याईदिन आग्रह गरेकाहुन। भत्ता लिन जादा कतिपय स्थानहरुमा धेरै जेष्ठ नागरिकहरुले बैंकमा निक्कै सकस ब्यहोर्दै भत्ता लिन बाध्य भएको प्रती स्थानिय सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

उनिहरुले आफ्ना बिगदलाई शब्द मार्फत सम्झने प्रयास गरेका थिए ।केही वकिल, शिक्षक , समाजसेवी र कृषक जीवन र महिला स्वयम् सेवि, र घर गृहिणी हुँदै जीवन ब्यतित गर्दै आजसम्मको अवस्थामा आईपुगेको कुरा निर्धक्कका साथ राखेका थिए। सरकारले जेष्ठ नागरिकको सम्मान स्वरुप एक सय रुपैयाँबाट शुरु गरेको वृद्ध भत्ता हाल माषिक ४ हजार रुपैयाँ प्राप्त गराउदै आईरहेको अवस्थामा जेष्ठ नागरिकहरुलाई जीवन साहारा बनेको भन्दै उनिहरुले एकल बा आमाको ख्याल राख्नको लागि पालिका सरकारले केही कार्यक्रम राखिदिन आग्रह गरे । साथै जेष्ठ नागरिकलाई दिन काट्न चौतारा, बिसौनी , ब्यायामशाला देखि सार्बजनिक यातायातमा छुटको ब्यबस्था मिलाउन पाए राम्रो हुने बताएका थिए ।

कार्यक्रमको प्रमुख अतिथी एबम मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जेष्ठ नागरिक जिउदो ईतिहास भएको भन्दै जेष्ठ नागरिकको आत्मसम्मान हुने खालको काम गर्न सक्यौ भने मात्र बास्तबमा सम्मान हुने बताउनुभयो ।कार्यक्रम उपस्थित प्राय सबैले जनप्रतिनिधि समक्ष अपेक्षा राख्नु स्वभाविक भएको भन्दै अध्यक्ष कालाखेतीले आगामी दिनहरुमा अझ जेष्ठ नागरिक मैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो । मनहरीमा जेष्ठ नागरिकलाई १ लाख रुपैयाँ बराबरको निशुल्क स्वास्थ्य बिमाको कार्यक्रमले निरन्तरता पाउदै गर्दा सयौं आमा बुवाहरु लाभान्वित भएको समेत बताउनुभयो ।
कार्यक्रमको सभाध्यक्ष एबम मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ले पालिका भित्र सैयौको संख्यामा रहनुभएका जेष्ठ नागरिक मध्य प्रतिनिधिमुलक सहभागितामा अनुभव आदनप्रदान तथा सुझाव संकलन कार्यक्रम राखिएको बताउनुभयो । यसै बर्ष जेष्ठ नागरिकसंग भेटघाट तथा सम्मान कार्यक्रम राखिएको बताउदै उपाध्यक्ष मगरले नयाँ पुस्ताको लागि मार्गदर्शन जेष्ठ नागरिक भएको र आगामी दिनहरुमा मनहरी गाउँपालिकाले कार्यक्रममा जेष्ठ नागरिकबाट आएका सुझावलाई मनन गर्दै नीति तथा कार्यक्रममा थप गरेर ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदी, मनहरी गाउँपालिका वडा नम्बर ३ र ९ का वडा अध्यक्ष, जेष्ठ नागरिक समन्वय समिती मनहरीका उपाध्यक्ष रामहरी सुवेदी लगाएतकाले मन्तव्य राख्नुभएको थियो । सभ्य समाजको आधार : नागरिकमैत्री घरपरिवार मुल नाराका साथ चौथो राष्टिय जेष्ठ नागरिक दिबसको अबसरमा जेष्ठ नागरिकसङ अनुभव आदानप्रधान तथा सुझाव संकलन कार्यक्रमको सहजीकरण मनहरी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारीले गर्नुभएको थियो ।