गर्लिङ्गमा बन्नेभयो बिधालय स्थानिय जनताको मुहारमा छायो खुशी

राक्सिराङ्ग गाउँपालिकाको सबै भन्दा बिकट वडा मानिने ७ नम्बर वडाको तल्लो गर्लिङ्गमा बिधालय बन्ने भएकोछ । बिधालयको शिलान्यास शुक्रबार एक कार्यक्रमका बिच मकवानपुर जिल्ला निर्बाचन क्षेत्र २” ख” का प्रदेश संसद माननीय ईन्द्र बहादुर बानियाँले शिलान्यास गर्नुभएको हो ।

गाउँमा बिधालय बन्ने भएपछी कार्यक्रममा उपस्थित स्थानिय अभिभावक निक्कै खुशी देखिन्थ्यो । बि.स.२०७२ सालको बिनासकारी महाभुकम्पको कारण पुर्ण क्षती पुर्‍याएको सातकन्या प्राथमिक बिधालय भौगोलिक विकटताकै कारण राज्य स्तरबाट पुन:र्निर्माण हुन सकेको थिएन ।

बिगद १३ बर्ष देखि साबिकको काँकडा गाबिस र हाल राक्सिराङ्ग गाउँपालिकाको ३ वटा वडाहरुमा शैक्षिक क्षेत्र , स्वास्थ्य लगाएत अन्य क्षेत्रमा काम गर्दै आईरहेको संस्था दिगो बिकासका लागि एकता नेपालले लिसा हिमालयको आर्थिक सहयोगमा भुकम्प गएको ९ बर्षमा स्कुलले पुनर्जीवन प्राप्त गर्न लागेको हो । २ करोड १ लाख १७ हजार त्रिसट्ठी रुपैयाँ उनन्चालिस पैसाको लागतमा ७ वटा कोठा भएको पक्की भवन बन्ने भएको हो ।

गृह आर्किटेक एण्ड ब्युल्डिङ प्राइभेट लिमिटेडले योजना सम्झौताको एक बर्ष भित्र अर्थात २०८२ कात्तिक १८ गते सम्पन्न गर्ने गरि काम अगाडि बढाएकोछ । बिक्रम सम्बत २०३६ सालमा स्थापना भएको उक्त स्कुल आर्थिक बर्ष २०७३/२०७४ सालमा गाउँपालिकाले निर्माण गरिदिएको अस्थायी घरमा जस्ताले वारि बहु कक्षा शिक्षण कार्य गर्दै आईरहेकोछ । भवन अभावको कारण एउटै कोठामा एकातिर एउटा कक्षाका बिद्यार्थी र अर्को तर्फ अर्कै कक्षाका बिधार्थी राखेर पढाउदै आईरहेकोछ । ईसिडी सहित कक्षा ५ सम्म अध्ययन हुने स्कुलमा एक सय पन्ध्र जना बिधार्थी अध्ययनरतछन् । कक्षा कोठाको राम्रो ब्यबस्थापन नभएको कारण बिधालयमा भर्ना भएका बिधार्थिहरु नियमित बिधालय नआउने गरेको बिधालयका प्रधानाध्यापक अनुराधा कुमारी चौधरीले जानकारी दिनुभयो । वडा कार्यालय सङ्गै रहेक बिधालय समुद्री सतह देखि १ हजार ३ सय ५८.८१ मिटर अग्लो उचाईमा अवस्थित रहेकोछ ।

निक्कै उच्च स्थानमा रहेको कारण योजनाको लागत अनुमान भन्दा बढी खर्च निस्कने सस्थाका कन्ट्री डाईरेक्टर अन्जन कुमार पौडेलले जानकारी दिनुभयो । थप प्रसङ्गमा १३ बर्षको समयावधिमा एक हजार एक सय उनन्चालिस जनालाई छात्रवृत्ति बितरण गरिएको बताउनुभयो । संस्थाको सहयोगमा ३४ जनाले कक्षा १२ उत्रिण भईसकेको अवस्था छ । त्यस्तै दर्जन भन्दा बढी बिद्यार्थीहरुलाई प्राबिधिकधार तर्फ छात्रवृत्ति दिई दक्ष जनशक्ति उत्पादन कार्यमा अगाडि बढिरहेको देखिन्छ । सातकन्या बाहेक सस्थाले ५ वटा बिधालय निर्माण गरिसकेको अवस्थाछ भने त्यस्तै गरि वडा नम्बर ७ मै रहेको अर्को बिकट क्षेत्र धिराङ स्कुलमा पनि १२ कोठाको बिधालय बन्ने क्रममा रहेकोछ ।

कक्षा ५ सम्म अध्यापन हुने बिधालयमा ईसिडी सहित ४ जना शिक्षक कार्यरत रहेको बिधालयमा संस्थाको तर्फबाट पनि एक जना शिक्षकको ब्यबस्थापन मिलाई शिक्षण कार्यलाई अगाडि बढाईरहेकोछ । पाँच कक्षा पास गरेपछि धिराङ्ग स्कुल र दाम्राङ स्कुल पढ्न जाने गरेकाछन्।

शिलान्यास कार्यक्रममा माननीय बानियाँको प्रमुख आतिथ्यता संगसङ्गै निबर्तमान बागमती प्रदेश भौतिक राज्य मन्त्री तथा पुर्ब माननीय सन्त बहादुर चेपाङ , राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, ७ नम्बर वडा अध्यक्ष राम बहादुर प्रजा, संस्थाका प्रतिनिधि लगाएत विभिन्न संघ सस्था तथा पार्टी प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

जग्गादाता तथा बिधालय ब्यबस्थापन समितीका अध्यक्ष एकराज मुक्तानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण राक्सिराङ्ग गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौलाले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.