पर्यटकीय क्षेत्र लाल पार्कको सरसफाईमा जुट्दै राक्सिराङ्ग नगर प्रहरी

राक्सिराङ्ग गाउँपालिकाको पर्यटनको ठूलो सम्भावना बोकेको स्थलको रुपमा रहेको लाल पार्कको सरसफाईमा नगर प्रहरी जुटेको हो ।

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ को जिर्खे खोला नजिकै रहेको उक्त स्थलको सरसफाईमा राक्सिराङ्ग नगर प्रहरी अघि सरेको हो । राक्सिराङ्गमा स्थापना भएको दुई महिना हुँदै गर्दा नगर प्रहरीले स्थानिय तहमा नगर प्रहरीको महत्वलाई थप उर्जागर गराउने प्रयास भएको देखिन्छ ।

केही दिन अघि मात्र नगर प्रहरीले राक्सिराङ्गकै अर्को चर्चित पर्यटकीय स्थलको रुपमा रहेको जलपरी झरनाको सरसफाईमा पनि आफ्नो सक्रिय सहभागिता जनाईसकेकोछ । पालिका भित्र हुने औपचारिक कार्यक्रमहरुलाई सभ्य र मर्यादित रुपमा सम्पन्न गराउन देखि लिएर पालिकालाई बिधि सम्बत ढङ्गले सन्चालनको लागि नगर प्रहरीले सहजीकरण गर्दै आईरहेको राक्सिराङ्ग नगर प्रहरीका असई राजकुमार प्रजाले बताउनुभयो ।

लाल पार्क राष्ट्रिय राजमार्ग पुर्ब पश्चिम् राजमार्ग देखि नजिकको दुरि करिब ३ किलोमीटर आसपासमा रहेकोले आन्तरिक पर्यटकको लागि छोटो दुरिमा मनोरम दृश्य अबलोकन गर्ने ठाउँ जाने बाटो र झाडी फाड्ने कार्य नगर प्रहरीले बिहान मर्निङ वाकको समयमा केही समय निकालेरै भएपनी सरसफाईमा लागि परेकोहो ।

पहिलो चरणमा झाडी र पार्क जाने बाटो वरि परि सरसफाई गरिएको राक्सिराङ्ग नगर प्रहरी प्रमुख असई प्रजाले जानकारी दिनुभयो ।

लाल पार्कको संरचना देख्दा जो कोहि पनि अचम्मित र नलोभिने कुरै छैन । रातो माटोको अग्ला अग्ला आकृति हेर्दा मानव निर्मित जस्तो देखिएता पनि प्राकृतिक रुपमै बरदान प्राप्त गरेको शुन्दर उपहारहरु हुन । उक्त पर्यटकीय क्षेत्रको संरक्षण र प्रबर्द्धन गर्न सके राक्सिराङ्ग गाउँपालिकालाई आन्तरिक पर्यटकको गन्तब्यको रुपमा अगाडि लैजानको लागि लाल पार्क कोशेढुङ्गा साबित हुने पक्का छ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.