सार्बजनिक यातायात बस सेवालाई पहिलो पटक गाउँसम्म जोडे वडा अध्यक्ष अधिकारीले

मनहरी गाउँपालिका वडा नम्बर ५ लाई सार्बजनिक यातायात बस सेवालाई गाउँसम्म जोड्न सफल भएकाछन् मनहरी ५ नम्बर वडाका अध्यक्ष दिपेन्द्र अधिकारी ।

राप्ती खोलाको कारण राष्ट्रिय राजमार्ग देखि करिब एक किलोमिटरको दुरिमा रहेको गाउँ भएतापनी सार्बजनिक यातायतको साधनले गाउँमा सेवा प्रदान गरेको थिएन । ७ सय ७७ घरधुरी रहेको वडा नम्बर ५ को जनसंख्या ४ हजार एक सय ७६ रहेकोछ ।

मंसिर २ गते देखि कार्यान्वयन हुने गरि बिहान ५ बजे गाउँबाट बस सेवा दिने गरि मकवानपुर साझासङ्ग समझदारी गरिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । राप्ती खोलामा अस्थाई पुल ( ह्युम पाईप) राखिए सङ्गै गाउँका स्थानिय बासिन्दाहरुको यातायातमा सरल पहुच प्रदान होस भन्ने हेतुले सार्बजनिक यातायातको सेवालाई गाउँमा प्रबेश गराईएको अध्यक्ष अधिकारीले बताउनुभयो । साथै क्याम्पस पढ्ने बिधार्थीहरुले झेल्दै आईरहेको समस्यालाई पनि यस सेवाले धेरै राहत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

गाउँबाट रजैया हुँदै हेटौंडासम्मको यात्रा एउटै साधनमा गर्न र सामान ओसारपसार गर्न पाईने भएपछी गाउँलेहरु खुशी भएकाछन्।

प्रत्येक दिन डिल्लिपुर बसपार्क दलेचोकबाट बिहान ५:०० बजे, बिहान ९:०० बजे र दिउसो १:०० बजे बस छुट्नेछ । वडा अध्यक्ष सहित गाउँका बुद्धिजीवी, टोलसुधार समिती र यातायत ब्याबसायिहरुको वडा कार्यालयमा भएको मंसिर १ गते भएको संयुक्त छलफलमा भाडा दर समेत निर्धारण गरेकोछ । अब यात्रुले बसन्तपुर देखि दर्दरा हुँदै हेटौंडासम्म बस चढे बापत ६० रुपैयाँ तिर्नु पर्नेछ ।

त्यस्तै डिल्लिपुर डेरि चोक देखि हेटौंडा सम्मको भाडा ७० रुपैयाँ ,डिल्लिपुर बसपार्क दलेचोक देखि हेटौंडा सम्म ८० रुपैयाँ,५ नं. वडा भित्र स्थानिय भाडा २० रुपैयाँ,डिल्लिपुर , बसन्तपुर हुँदै रजैया सम्म ३० रुपैयाँ र दर्दरा हुँदै रजैयासम्म २० रुपैयाँ तिर्ने गरि भाडादर निर्धारण गरिएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.