मंसिर १६ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेद्बारी हेटौंडा १२ नम्बर बिगार्न होईन बनाउन भएको माओवादी केन्द्रबाट वडा अध्यक्षका उमेद्वार रविन प्रधानले बताउनुभएकोछ ।
साथै हाम्रो जित बिकासको लागि हो भन्दै वडा अध्यक्ष ललित घलान आफ्नो पार्टिको रहदा नगर भित्रै सर्बोत्कृष्ट हुँदै पुरस्कृत समेत हुने गरेकोमा अहिलेको वडा सन्चालनको अवस्था अपारदर्शी र स्वच्छचारी भएको समेत आफुले त्यसको अन्त्यको लागि उम्मेद्बारी दिएको बताउनुभयो ।
नगर भित्रको अब्बल वडा बनाउने उद्घोष समेत गर्नुभयो । समग्र वडाको बिकासमा हिजोको दिनमा पनि चिन्तित थिए ,आज पनि छु र भोलिको दिनमा पनि हुनेछु भन्दै समग्र गाउँबासीहरुमा भोटको अपिल समेत गर्नुभयो ।
चुनावी मैदानमा उत्रिएको माओबादी केन्द्रले सिङ्गो पार्टी पंक्तिलाईनै मैदानमा उतारेकोछ ।
वडा अध्यक्ष ललित घलान जिल्ला समन्वय समिती प्रमुखमा जानुभएपछी उक्त वडामा वडा अध्यक्ष बिहिन हुँदै आईरहेकोछ । २०७९ सालको चुनावमा घलान माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्बाचित हुनुभएको थियो भने बाँकी ४ जना वडा सदस्य नेपाली काङ्ग्रेसबाट बिजयी भएकाथिए ।
घरदैलो तथा भेटघाट कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य बिजय गौतम, जिल्ला समन्वय समिती अध्यक्ष भिम पाख्रीन, जिल्ला सचिव वीर बहादुर घलान ( ज्वाला), प्रदेश कमिटी सदस्य शुभराज लामा,नेता बिबेक राई, प्रेस सेन्टर नेपाल मकवानपुर ईन्चार्ज तथा केन्द्रिय सदस्य ध्रुव राज ढकाल, वाईसियल हेटौंडा नगर अध्यक्ष लगाएत अन्य जिल्ला तथा स्थानिय नेताहरुको उपस्थिती रहेको थियो ।
निर्वाचनमा नेकपा एमालेले राजेश नगरकोटी, नेपाली काँग्रेसले अर्जुन तिवारी, एकीकृत समाजवादीबाट बलराम बल ,राप्रपाले प्रेम लामा ब्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीले आशाविर बललाई उम्मेदवार बनाउने निर्णय गरिसकेकाछन् ।