मनकामना सामुदायिक बन उपभोक्ता समूह मनहरी ७ को १९ औं साधारण सभा सम्पन्न भएकोछ । शुक्रबार मनहरी ७ स्थित मनकामना मन्दिर परिसरमा सम्पन्न सभा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
समूहले आर्थिक बर्ष २०८०/०८१ मा ३८ लाख ८४ हजार नै सय एकानब्बे रुपैया १२ पैसाको कारोबार गर्न सफल भएको हो । बन डढेलोको सिजनमा बनमै रात बिताएर बनको सरक्षण कार्यमा लागेको र बृक्षारोपण कार्यक्रममा समेत आफ्नो समूहलाई अग्रणी स्थानमा राख्न सफल समूहको नेतृत्व सुरेश कुमार मुक्तानले गर्दै आईरहनुभएकोछ ।
समूहले बाताबरण तथा शहरी बन कार्यक्रम ,राष्ट्रिय बन बिकास तथा ब्यबस्थापन कार्यक्रम,साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनबाट निमको बिरुवा रोपण कार्यक्रमका साथ साथै डढेलोको समयमा मध्य राती समेत डढेलो नियन्त्रणमा लाग्नु महत्वपुर्ण उपलब्धी हासिल गरेको हो ।
सिमित श्रोत र साधनको बिच काम गर्ने ईच्छा शक्ति हुँदा पनि काम गर्न नपाईएको समूहका अध्यक्ष मुक्तानले बताउनुभयो । करिब ६ सय दश घरधुरी समूहमा आवद्ध रहेको बनमा ३ हजार एक सय पचास जना प्रत्यक्ष लाभान्वित भएकाछन्। एघार सदस्यीय समितीमा पुरुष भन्दा महिलाको सहभागिता बढी रहेकोमा ७ जना महिला र ४ जना पुरुष रहेकोछ । १९५.२५ हेक्टर क्षेत्रफल रहेको बनको गत आर्थिक बर्षमा नगद ५ लाख नब्बे रुपैया दुई पैसा बैंक मौजुदा रहेको प्रतिबेदनले देखाएकोछ ।
मनहरी गाउँपालिकाको शहरी क्षेत्रको सामुदायिक बनको रुपमा पहिचान बनाउन सफल एस बन क्षेत्र भित्र शुन्दर र रमणीय पार्कको रुपमा बुद्धशान्ती हरित पार्क बिकसित हुँदै आईरहेकोछ ।
प्रमुख अतिथी मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर( रेखा) ले छोटो समयमा पनि लोकप्रिय कार्यक्रम गर्न सफल भएको प्रती समूहलाई धन्यवाद दिनुभएको थियो । साथै अब पालिकाले बनलाई समुदायसङ्ग कसरी जोड्दा आयआर्जन र जनजिविकामा जोडिन सकिन्छ भन्ने विषयमा पालिका लागी परिरहेको बताउदै अब बनलाई आम्दानीको श्रोतको दोगो श्रोतको रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि मनहरी गाउँपालिका उपप्रमुख सीता पुलामी मगर (रेखा)को प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै गरि मनहरी गाउँपालिका ७ नं वडा अध्यक्ष ठाकुर राम तितुङको बिशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै गरि वडा सदस्य नबराज सुवेदी , सब डिभिजन बन कार्यालय मनहरीका प्रमुख दामोदर पाण्डे , उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरीका सभापती गणेशमान मानन्धर , मनकामना सनातन धर्म संरक्षण सस्थानका अध्यक्ष नारायण सुबेदि मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष भुवन जोशी लगाएत विभिन्न राजनैतिक दलका प्रतिनिधि एबम छिमेकी सामुदायिक बनका प्ररिनिधीहरुको आतिथ्यता रहेको थियो ।