एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन राक्सिराङ्ग र
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को
संयुक्त आयोजनामा राक्सिराङ्ग गाउँपालिकामा एसईई २०८० मा उत्रिण विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन राक्सिराङ्गका अध्यक्ष अशोक थिङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेकपा (माओवादी केन्द्र) केन्दीय सदस्य,बागमती प्रदेश सभा सदस्य एवं निवर्तमान बागमती प्रदेशका सामजिक विकास मन्त्री माननीय कुमारी मोक्तान रहेको थियो ।
मनहरी बजारमा शुक्रबार एक कार्यक्रमका बिच एसईई पास बिधार्थीहरुको हौसला स्वरुप सम्मान कार्यक्रम राखिएको सम्बद्ध बिधार्थी तथा शिक्षक सङ्गठनले जानकारी दिईएकोछ ।
कार्यक्रममा नेकपामा (माओवादी केन्द्र) मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन,सचिव वीर बहादुर घलान (ज्वाला) , जिल्ला समन्वय समिति मकवुनपुरका प्रमुख एबम अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला फ्याक्सन ईन्चार्ज ललित घलान,राक्सिराङ्ग गाउँपालिका ईन्चार्ज शुभरत्न गोले,राक्सिराङ्ग गाउँ कमिटी अध्यक्ष हस्त बहादुर मोक्तान, अनेरास्ववियु (क्रान्तिाकरी) केन्द्रीय सदस्य राजेन्द्र कुमार मोक्तान,जिल्ला अध्यक्ष बुद्धराज अर्याल, एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन मकवानपुर जिल्ला सचिवालय सदस्य सन्देश तुम्सिङ मगर लगायतको आतिथ्यता रहेको थियो ।

राक्सिराङ्ग गाउँपालिकाका बिधालयबाट एसईई पास गर्न सफल २३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मोक्तानले श्रमजिवि समुदायहरूले पढ्न पाउने वर्तमान व्यवस्था प्राप्त गर्न एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन र अनेरास्ववियु (क्रान्तिकारी) सुरू देखि हाल सम्म निरन्तर लड्दै आएको स्मरण गराउनु भयो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी ) राक्सिराङ्गका अध्यक्ष राजन स्याङतानले स्वागत मन्तव्य राखेका थिए ।
त्यस्तै गरि अखिल (क्रान्तिकारी) राक्सिराङ्ग गाउँ पालिकाका बिधार्थी ईन्चार्ज सुजन क्षेत्री सिलवालले कार्यक्रमको सहजीकरण गरेका थिए ।