गुरु पूर्णिमाको अवसर पारेर राक्सिराङ्ग ४ मा अवस्थित कालिका माध्यामिक बिधालयका भूतपूर्ब बिधार्थीहरुले सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेकोछ ।
गुरु पूर्णिमाको अवसर पारेर कालिका माध्यामिक बिधालयका भूतपूर्ब बिधार्थीहरु सङ्गठित समेत भएकाछन्।
मनहरीको निलम होटलको सभाहलमा साउन ६ गते अर्थात आईतबार भएको कार्यक्रममा शिक्षा बिकास समन्वय ईकाई मकवानपुर प्रमुख दिननाथ गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
बिक्रम सम्बत २०१८ सालमा स्थापना भई समाजको नेतृत्व गर्ने जनशक्ती देखि बिकटको स्कुल भएतापनी शिक्षामा अब्बल साबित रहेको भन्दै सेवा निवृत्त हुनुभईसकेका शिक्षकको सम्मान स्वरुप सम्मान पत्र, दोसल्ला र नगद सहित सम्मान गरेको हो । तत्कालिन प्रधानाध्यापक हाल सेवा निवृत्त भईसक्नुभएका शिक्षक प्रेम बहादुर मुक्तान र अर्का शिक्षक धन बहादुर स्याङ्तानलाई क्रमश ५१ हजार एक सय एकाउन्न रुपैया र ११ हजार एक सय एघार रुपैयाँले सम्मानित हुनुभएको हो ।

प्रमुख अतिथी गौतमले शिक्षक समाज परिबर्तनको बाहक हो भन्दै लामो समय राक्सिराङ्गमा रहेर चेतना प्रदान गर्नु भएको उहाँहरु प्रती नेपाल सरकारको तर्फबाट पनि धन्यवाद ब्यक्त गर्नुभयो । कालिका मा बि कोमामा रहेको भन्दै बिधालयलाई माथी उठाउन हामी सबै चिन्तितहुन जरुरी रहेको बताउनुभयो । बिगतका दिनहरुमा समाजलाई दोर्याउने जनशक्ति उत्पादन गरेर ख्याती कमाईसकेको बिधालयले पछिल्लो समयमा किन दुर्दशा भोगिरहेकोछ सोचनियको विषय बनेको बताउनुभयो । मकवानपुर जिल्लामा २०८० सालको एसईई परिक्षामा ६हजार सत्र जना सहभागी रहेको अवस्थामा २ हजार एक सय साट्ठी जना उत्रिण भएको भन्दै समग्रतामा ईकाई सन्तुष्ट नरहेको पनि बताउनुभयो ।
स्थानिय आफै लागे मात्र आफ्नो बिधालय बन्ने भन्दै कालिका माध्यामिक बिधालयलाई एक पटक सरकारले गर्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै प्रमुख अतिथी गौतमले मंचद्वारा आगामी दिनहरुमा यस्तो कार्यक्रमले निरन्तरता पाउने अपेक्षा राख्नुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथी तथा निबर्तमान बागमती प्रदेश सभा सदस्य माननीय ओम बहादुर ग्लानले शिक्षा आर्जनको लागि धेरै बिधालयमा भौतारिनु परेको बिगत कोट्याउदै अब कालिका माध्यामिक बिधालयलाई जोगाउने हो भने बिधालयले वरपरका समुदायलाई कसरी जोड्ने र दीर्घकालीन बनाउने भन्ने कुरा तर्फ ध्यान दिन जरुरी रहेको बताउँनुभयो । ग्लानले मञ्चलाई असल र परिणाममुखी बनाउदै लैजान सुझाव समेत दिनुभयो ।

कार्यक्रमका अर्का अतिथी राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष एबम कालिका माध्यामिक बिधालयकै भू.पू. बिधार्थी समेत रहनुभएका बनस्तम थिङले बाटोमा खेलिरहेको बिद्यार्थीलाई पढाईमा जोड दिनुपर्छ भन्दै घच्घच्याउनुहुने प्रेम बहादुर मुक्तान र धन बहादुर स्याङ्तान जस्ता मुर्धन्य ब्यक्तिहरुलाई सम्मान गर्न पाउँदा आफैले आफैलाई भाग्यमानी भएको महशुस गरेको बताउँनुभयो ।

अहिलेको समुदायहरुले सामुहिकता भन्ने कुरा बिर्सिएका भन्दै बिगतमा बाख्रा बेचेर आफ्ना छोराछोरीले पढ्न दु:ख पाउँदा समुदाय स्तरबाटै सम्बन्धन प्राप्ती गरेको योगदानलाई सम्झदै अब आफ्नो गाउँ आफै बनाउन स्थानिय नै कम्मर कस्नुको बिकल्प नरहेको बताउँनुभयो ।

वडा अध्यक्ष संजय कोईरालाले बिधालयको बिकासमा
यो वा त्यो बाहनामा कोहि कसै पनि बिधालयको सुधार रोकमा लाग्नु गलत हो भन्दै हाम्रै सन्ततिको लागि गरिने बिकासमा सबै मिलेर जानुको बिकल्प नरहेको बताउँनुभयो ।
राक्सिराङ्ग गाउँपालिका शिक्षा शाखा प्रमुख पंकस थारुले “गुरु भनेको गन्तव्य देखाउने मार्गदर्शन हो ” भन्दै
गुरुहरुको आसन र सम्मान उच्च रहनु पर्ने बताउँनुभयो ।

बिधार्थी नहुनु समस्या होईन तर भएका बिद्यार्थीहरुलाई सक्षम बनाउन नसक्नु समस्या हो भन्दै राक्सिराङ्गको लागि स्कुलको समयमा १०:०० बजे देखि ४:०० बजे समय सम्म रोकिदिनु पनि ठूलो उपलब्धी हो भन्नुभयो ।
सम्मान पत्र ग्रहण गर्दै शिक्षण पेशामा राक्सिराङ्ग जस्तो स्थानलाई कर्मथलो बनाएर आफ्नो जीवन ब्यतित गर्नुभएका स्कुलका पुर्ब प्र.अ. प्रेम बहादुर मुक्तानले आफ्ना शिष्यहरुबाट सम्मानित भईरहदा र यस्तो माहोलले आफुलाई थप उर्जा मिलेको प्रतिक्रिया दिनुभयो ।
बिधालयबाट शिक्षा आर्जन गरि हाल विभिन्न तह र तप्कामा नेतृत्व गर्न सफल भू.पू. बिधार्थिहरुले बिधालयको बर्तमान अवस्था प्रती चिन्ता ब्यक्त गरेका थिए । संग सङ्गै आफूहरुलाई अक्षर आरम्भ गराउने गुरुलाई सम्मान गर्न पाउँदा खुशीको आँसु समेत झार्दै कार्यक्रमहललाईनै सोचनिय अवस्थामा पुर्याईएको थियो ।
सम्मान कार्यक्रम मार्फत कालिका माध्यमिक बिधालय राक्सिराङ्ग ४ को भू.पू. विद्यार्थी मंचको समेत गठन सम्पन्न गरेकोछ । अतिथी तथा आगन्तुकहरुलाई पासाङ बलले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमबाट मनोज कुमार मुक्तानको संयोजकत्वमा तदर्थ समिती गठन गरेकोछ । कार्यक्रम मनोज कुमार मुक्तानको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।