मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका ७ स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एकजनाको ज्यान गएको छ ।
जङ्गलबाट ल्याईएको च्याउको तरकारी खाएका अन्य चारजनाको स्वास्थ्य अबस्था गम्भीर रहेको ७ नं वडाध्यक्ष रामबहादुर चेपाङले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा ५५ बर्षीय दलबहादुर चेपाङ रहेको छ । च्याउ खाई बिरामी भएकाहरुलाई वडाध्यक्ष प्रजाको सहजीकरणमा गाडीको व्यवस्थापन गरी अस्पताल पठाईएको थियो ।
बिषालु च्याउ खाई बिरामी हुनेहरुमा मृतक दलबहादुरकी श्रीमती जालीमाया प्रजा , उनकी छोरी रेन्जु प्रजा , सविना प्रजा र छोरा सुुशील प्रजा रहेकछन् ।
बिरामी भएकाहरुको उपचारमा लाग्ने सम्पुर्ण खर्च दिगो विकसका लागी एकता नेपालले गर्ने सस्थाका प्रबन्ध अनिल पौडेल जानकारी दिनुभयो ।