मनहरी गाउँपालिकाले नयाँ बजेटमा के कस्ता नीति तथा कार्यक्रम ल्याउदा ठिक होला भनेर बिहिबार सर्बपक्षिय छलफल सम्पन्न गरेकोछ ।
आर्थिक बर्ष २०८१/०८२ को नयाँ बजेट ल्याउदै गर्दा सबैको अबनत्व हुनेखालको बजेट तर्जुमा गर्नको लागि पालिकाले सक्रिय राजनैतिक दल , गैरसरकारी संघ सस्था, बुद्धिजीवी , पत्रकार लगाएतका सरोकारवालाहरुसङ सुझाव तथा राय संकलन गरेको थियो ।

गाउँपालिकाको लामिटार स्थित सभाहलमा सम्पन्न कार्यक्रममा उपस्थित अधिकांशले मागमा आधारित कार्यक्रमलाई समाबेश गराउन सुझाव दिएका थिए ।त्यस्तै नयाँ बजेटको नीति तथा कार्यक्रम किसान मैत्री , बालबालिका मैत्री र परिणाम मुखी हुनुपर्नेमा जोड दिईएको थियो ।
पालिकामा जतिपनी खेलकुद गतिबिधी हुने गरेकोमा पालिकाले खेलकुद महोत्सब गर्दा राम्रो र प्रभावकारी हुने भन्दै पालिकालाई पर्यटनको हब बनाउन लगानिको बाताबरणका साथै पर्यटन बिकास बोर्ड गठन गरेर अगाडि बढ्न सुझाव दिईएको थियो ।यस्तै गरि नेपाल सरकारले दिईदै आईरहेको सामाजिक सुरक्षा भत्ता प्रत्येक वडा वडामा पुगेर बितरण गर्न पर्ने भन्दै जनताले दुख नपाउने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिईएको थियो ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिका उपाध्यक्ष सीता पुलामी मगर र अध्यक्ष कालाखेतीले जनताको अपेक्षा अनुसारको बजेट ल्याउन सकेसम्मको प्रयास गर्ने र कार्यक्रमबाट प्राप्त सुझावलाई पनि समेटेर पालिकाले बजेट ल्याईने भन्दै पालिकाले आश्वस्त पारेको थियो ।