राक्सिराङ्ग गोठडाँडामा बाईक दुर्घटना गाउँलेद्वारा घाईतेको उद्दार गरि उपचारको लागी मनहरी ल्याईदै

राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर ४ को गोठडाँडा
मा बाईक दुर्घटना परेकोछ । नयाँ ट्र्याकको योजना अनुगमन गरि दुङ्गु फर्कने क्रममा दिउँसो १२ बजे तिर राक्सिराङ्ग गाउँपालिकाको प्राबिधिक सवार सरकारी नम्बर प्लेट बा.प्र. ००३ ३६२ नम्बरको मोटर बाईक दुर्घटना भएको हो ।

श्रोतका अनुसार प्राबिधिक सहित लापुर फुलबारी दुङ्गु हुँदै वडा कार्यालय जोड्ने योजनाका समितिका ठाकुरराम घलान सडक देखि झण्डै ३० मिटर तल बाईक सहित झरेको र ढुङ्गामा दुबैजना बजारिन पुगेको थियो ।

आर्थिक बर्ष २०८०/०८१ को बजेटबाट २० लाख रुपैयाँ बिनियोजन गरिएको थियो । सोही योजनाको मुल्यांकनको लागि पालिकाबाट खटिएका प्राबिधिक बिनोद पराजुली सवार बाईक दुर्घटनामा परेको हो ।

घाईतेहरुलाई स्थानियहरुले उद्दार गरि उपचारको लागि ऋद्दिसिद्दी सिमेन्ट उद्योगको गाडिमा राखेर मनहरी ल्याईदैछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.