सुन्दा पनि अचम्म लाग्न सक्छ ५३ बर्ष पुरानो घर त्यस माथी पनि घरको नियमित आय श्रोतको आधार । एक / दुई घार होईन बिस घार मौरी एउटै ब्यक्तिको घरमा ।
बिक्रम सम्बत २०२७/०२८ साल तिर हजुर बा र बुवाले बनाएको घरमा मौरीको राजले उनलाई फाईदै फैइदा दिलाएकोछ । राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ८ तालुका निवासी दल बहादुर रुम्बालाई बाउ बाजेको घर बरदान नै साबित भएकोछ । आफू भन्दा पनि जेठो घरमा लोक्कल मौरीको राजले उनलाई लोक्कल मैरीको महको असली ब्यापारीको रुपमा परिचित मात्र गराएकोछैन उनको आर्थिक अवस्थामा समेत सहयोग गरेकोछ ।

बिक्रम सम्बत २०७२ सालको बिनासकारी भुकम्पले सामान्य क्षती पुर्याईएको घरको चारै तिर मौरिको घार भेट्टाउन सकिन्छ । काठको डुड र ढुङ्गाको खापामा मौरि बस्ने गरेको उनको भनाई छ । उनको पुर्ख्यौली घर बाहेक अर्को नयाँ घर भान्सा घर र गाई /बाख्रा बस्ने गोठमा समेत मौरिको बास रहेकोछ ।
हजुर बाको पालादेखी बस्दै आईरहेको मौरीले चिउरीको सिजनमा यश बर्ष मात्रै ८० हजार रुपैयाँको मह बेचेको रुम्बाको भनाई छ । बार्षिक रुपमा मौरिको महबाट मात्रै डेढ लाख सम्म आम्दानी गर्ने गरेका रुम्बाले प्रत्यक महिना मौरिको मह काड्ने गर्छन । चितवनमा मौरी पालन सम्बन्धी तालिम लिएका रुम्बाको आफ्नो घर/ गोठहरुमा सबै मौरिको घारमा परिणत भएको सुन्दा अचम्म लाग्न सक्छ तर उनको घर पुग्दा घर/ गोठ सबैमा मौरीको घार पाउन सक्छौ ।

उत्पादित महको बजार क्षेत्र चितवन, हेटौंडा र मनहरी रहेको उनको भनाईछ । उनको घरमा ८१ बर्षका बुवा सहित एक/एक वटा छोरा/छोरी र श्रीमत रहेकाछन्।
वडा नम्बर ८ को वडा कार्यालय भवन निर्माणको लागि जग्गा दिने जग्गादाता समेत रहेका रुम्बाले वडा कार्यलयको लागि ५ रोपनी जग्गा दान समेत गरिसकेको र वडाको नाममा नामसारी गर्ने प्रक्रियामा रहेकोछ ।

लोकल मौरी पालनलाई अझै बढाउनको लागि आधुनिक घारहरुको र मौरीको मह काड्दा सुरक्षाको लागि लगाईने फेस कभरिङ्ग खरिद गर्न आफ्नो आर्थिक अवस्थाले नसक्ने भएकोले स्थानिय तहलाई ताकेता दिएको उनको भनाई रहेकोछ ।