मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित बुद्ध शान्ति पार्कको सरसफाई सम्पन्न भएकोछ । तामाङ समुदायको महान चाड सोनाम लोछार नजिकिदै गर्दा हरित पार्क सरसफाई गरिएको हो ।

स्थानिय युवा समाजसेवी सगुन स्याङ्तानको संयोजकत्वमा खटिएको सरसफाई कार्यक्रममा २ सय जनाको हाराहारीमा उपस्थित रहेको थियो ।

नेपाली सेनाबाट लप्सन मल्ल उप सेनानी को नेतृत्वमा त्रिनेत्र दल गण सुनाचुरीबाट ३५ जना,ईलाक प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक दिपक थापाको नेतृत्वमा १० जना, एपिएफ आईआरटी पोस्ट लच्का सहायक निरिक्षक नर बहादुर बिष्टको नेतृत्वमा ८ जना , स्थानिय युवा, सामुदायिक बन उपभोक्ता समुहका सदस्य र गुम्बा समितिका सदस्यहरुको सहभागी भएको थियो ।

सोमबार बिहानै देखि सरसफाई कार्यमा खटिएका टोलिहरुले ३ घण्टा सम्म सरसफाई गरेका थिए ।३.५ हेक्टर क्षेत्रफल रहेको पार्कको सरसफाई भएसंगै चिटिक्क देखिएकोछ । सरसफाई कार्यक्रममा सहभागीहुने सम्पुर्ण बिभाग, युवा,समाजसेवी,उपभोक्ता समूह सदस्य र गुम्बा समिती सदस्य र मेला आयोजक समितीलाई धन्यवाद दिदै मनकामना सामुदायिक बन उपभोक्ता समूह अध्यक्ष तथा लोछार मेला मुल समिती संयोजक सुरेश मुक्तानले अब कार्यक्रम स्थलको रङ्गरोगन गर्न तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।