मानव अधिकार समूहको पहलमा पालिकाद्वारा स्टेचर सहयोग

राक्सिराङ्ग गाउँपालिकाले मानव अधिकार समुहको पहलमा वडा नम्बर १ लाई अत्यावश्यक भएको भन्दै एक थान स्टेचर उपलब्ध गराएकोछ । बिहिबार राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा बसेको मानव अधिकार समूह परिचालन बैठकमा स्टेचरको समस्या भएको भन्दै बैठकमा सहभागीहरुले स्टेचर उपलब्ध गराईदिन पालिकालाई आग्रह गरेका थिए।

गाउँमा मानिस बिरामी भएर स्वास्थ्य चौकी पुर्‍याउन काठको फल्याकलाई कपडाले बाँधेर स्टेचर बनाएर लैजानु परेको दिन सम्झन्छन राक्सिराङ्ग १ का स्थानिय बासिन्दा आशा माया थिङ । मानव अधिकार समूह राक्सिराङ्गले यस विषयमा पालिकालाई गत मंसिर ११ गते ज्ञापन पत्र बुझाएको थियो । सोही अनुसार पालिकाले उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको थियो ।

वडा नम्बर १ को सानो भावर ,लापुर लगाएतका टोलबाट दुङ्गु हेल्थ पोस्ट पुग्न २ घण्टा लाग्छ ।त्यस्तै
पालिका आउन २ घण्टा आधा समय लाग्छ ।भने मनहरी ९ खरङ्गा आईपुग्न १ घण्टा लाग्दछ । बिरामीलाई समयमै स्वास्थ्य चौकी पुर्याउन सहज ढंगले लैजान निक्कै समस्या रहेकोमा पालिकाले थप एक थान त्यस क्षेत्रको लागि उपलब्ध गराएको हो । राक्सिराङ्ग गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिजय कापरीले उक्त स्टेचर मानव अधिकार समुहको सदस्य समेत रहनुभएको वडा नम्बर १ निबासी आशा माया थिङलाई हस्तान्तरण गर्नुभएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक बागमती प्रदेश हेटौडाको समन्वयमा मानव अधिकार समूह राक्सिराङ्गले मानव अधिकारका क्षेत्रमा आवाज उठाउदै आईरहेकोछ ।
बैठकमा राक्सिराङ्ग गाउँपालिकाका स्वास्थ्य शाखा,सामाजिक बिकास शाखा , महिला तथा बालबालिका शाखा, शिक्षा शाखा, लगाएत अन्य शाखाका प्रतिनिधि , बिधालयका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधि लगाएत मानव अधिकार समूह सम्मीलित संयुक्त छलफल चलाईएको थियो । कार्यक्रम मानव अधिकार समूह राक्सिराङ्ग संयोजक चन्द्र मान प्रजाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.