मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जंगली जनावरबाट गाउँलाई जोगाउन पक्की पर्खालको बिकल्प नभएको बताउनुभयो ।बुधबार मानव अधिकार समूह मनहरीको टोलिले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो धारणा ब्यक्त गर्नुभएको हो ।
अनौपचारिक शिक्षा सेवा केन्द्र ईन्सेक बागमती प्रदेश द्वारा मनहरीमा गठित मानव अधिकार समुहले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य,लैङ्गिक विभेद र बाताबरणसंग सम्बन्धित रहेर ८ बुदे ज्ञापनपत्र बुझाईएको हो । बुधबार गाउँपालिका अध्यक्षको कार्यकक्षमै पुगेर ज्ञापनपत्र बुझाईएको हो । समुहको संयोजक बिमला गोपालीको नेतृत्वमा पुगेका समुहको ज्ञापनपत्रमा समाबेस गुनासो र मागहरुको जवाफ दिने क्रममा अध्यक्ष कालाखेतीले जनप्रतिनिधिले देख्न नसकेका त्यस्ता आधारभूत जनताका सवालहरुलाई सम्बोधन गराउन ध्यानाकर्षण गराईएको प्रती धन्यवाद समेत दिनुभयो । ढिलो चाडो समुहले राखेका माग पूरा गर्दै जाने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो । पछिल्लो समयमा मानव र जंगली जनावर बिचको द्वन्द निक्कै बढेको र किसानले लगाएको बालीको नास गर्दै आईरहेको भन्दै यसको एक मात्र समाधान भनेको पक्की पर्खाल निर्माण नै अन्तिम र उत्तम उपाय भएको बताउनुभयो ।
यस्तै बिधालयमा खेल सामाग्री , पानीको अभाव , हस्पिटलको सेवालाई प्रभावकारी बनाउन साउण्ड सिस्टम जडान,सार्बजनिक बिदा र बिदाको दिनमा पनि बिमा कार्डको रिफर ,फोहोर ब्यबस्थापन , मनहरी बजारको ब्यबस्थापन , बिजुलिको तार र पोलको ब्यबस्थापन , किसानले लगाएको बालिको बिमा र जंगली जनावरबाट मानव बस्तिलाई जोगाउने लगाएतका विषयमा पालिकालाई ध्यानाकर्षण गराईएको थियो ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष , १ नम्बर वडा अध्यक्ष शिव प्रसाद खनाल , ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठ ,मानव अधिकार समूह मसमुहका टोलि र ईन्सेक मकवानपुरका सहजकर्ता सलिना गौतम लगाएतकाको उपस्थिति रहेको थियो ।
