किसानले लगाएको भन्टा नबिकेर गाई भैसीलाई खुवाउन बाध्य

उमेश राई – मनहरी
खेत बारिमा लगाएको तरकारीले भाउ नपाएपछी किसान कतै बारिमै फ्याक्न त कतै गाई भैसीलाई खुवाउन बाध्य छन् ।

यो समस्या हो मनहरी गाउँपालिका वडा नम्बर ६ र ७ का रमौली प्रतापपुरको । किसानहरूले बारिमा तरकारी लगाएको छ तर बजारमा भाउ छैन । बजारसम्म पठाउ त भाडा तिर्न ठिक्क हुन्छ । भिटामिन औषधि अनि मेहनतको त कुरै छोडौ । गाउँपालिकाको यी २ वटा वडाका झन्डै ७० प्रतिशत किसानले तरकारी लगाएकाछन् रमौलिको तुलनामा प्रतापपुरमा धेरै किसानले तरकारी लगाएकाछन् । कतै सिमि लगाएकाछन भने कतै बोडि लगाएकाछन् अधिकांश किसानले भन्टा खेती गरेको यस क्षेत्रका किसानले भन्टाको बजार भाउ नपाएपछी त्यसै फ्याल्न बाध्य भएकाहुन् ।

मनहरी ६ का स्थानिय एबम शिक्षण पेशामा समेत आवद्ध रहनुभएका सीता राम राईले दुई चार पैसा आम्दानी होस् भनेर खेती गर्यो झन उल्टै खर्च गर्नु पर्ने अवस्था आएपछी बाध्य भएर गाई भैंसीलाई दिन बाध्य भएको बताए । यस्तै गरि स्थानिय कृषक तथा तरकारी बजार सम्म पुर्याउन सहजीकरण गर्दै आईरहनुभएका अगुवा किसान सुकलाल राईले बजारमा तरकारी लगेपछी हेर्नै नमान्ने अवस्था रहेको तरपनी किसानको मेहेनतलाई बजारसम्म पुर्याउन पालो सिस्टमलाई अङ्गालेको बताउछन् । सबैले एउटै प्रकृतिको खेतिलाई अङ्गाल्नु र बजारको मागलाई ध्यानमा राखेर खेती नअङ्गाल्नुले किसानहरु मारमा परेकोछ । कहिले बोट मरेर दु:ख हेपिरहेका किसान यो पाली तरकारीको भाउ नपाएर निरास भएकाछन् । भने कोहि किसानहरु खेती किसानिबाटै हात झिक्ने अवस्थामा पुगेको अगुवा किसान राईले बताए । यो सिजनमा रमौलिका केही किसानहरुलाई सहपत्री फुल खेतिले पनि नराम्ररी झस्काएको थियो । न्युनतम मुल्यमा समेत नबिकेका फुल त्यसै बजारैमा छोडेर खालि हात लिएर घर फर्कन बाध्य भएका थिए । किसानहरु यसरी घाटामा मात्रै हैन यो पेशामा टिकाई राख्न स्थानिय सरकारको नजर बेलैमा पुग्न जरुरत छ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.