मनहरी २ मा आयोजित प्रथम वडा अध्यक्ष भिमान स्मृति कप फुटबलको उपाधी आयोजकलेनै राख्न सफल भएकोछ । सोमबार भएको फाईनल खेलमा आयोजक खेलकुद बिकास समिती मनहरी २ ले ३ नम्बर वडाको लामिटार फुटबल टोलिलाई शुन्यको बिरुद्ध एक गोल अन्तरले पन्छाउदै उपाधिको रक्षा गर्न सफल भएको हो ।
मनहरी गाउँपालिका २ नम्बर वडाकै बिकट तथा एतिहासी स्थल भिमानलाई पर्यटकीय क्षेत्रको बिकास गर्न तथा वडाको खेलकुदलाई संगसङ्गै लैजाने हेतुले आयोजना गरिएको प्रतियोगितामा पालिका भित्रका १४ वटा टिमको सहभागिता रहेको थियो ।

मनहरी २ को त्रिरत्न प्राथमिक बिधालयको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा स्थानिय कलाकारले नृत्य प्रदर्शन समेत गरिएकोथियो । साथै वडा नम्बर २ बाट संतोष गोङ्बा नेपालको राष्ट्रिय फुटबल टोलि तर्फ १६ बर्ष उमेर समुहमा आवद्ध भई देशको लागि खेल्दै मनहरीको नाम राख्न सफल भएको भन्दै उनको उज्वल भबिष्यको कामना गर्दै सम्मानपत्र र नगद ५ हजार रुपैयाँले सम्मान गरिएको थियो ।

सम्मानपत्र हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथी मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलानले खेलको माध्यामद्वारा हाम्रो मकवानपुरलाई राष्ट्रिय रुपमा मात्र नभई अन्तराष्ट्रिय रुपमा मकवानपुरे खेलाडी भनेर चिनाउन सफल भएको प्रती धन्यवाद भन्दै अब खेल जगतमा युवाहरुको भबिष्य रहेको बताउनुभयो ।
आयोजक टोलिले जितसंगै नगद ५० हजार पाँच सय पच्पन्न रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकोछ । त्यस्तै खेलमा दोश्रो हुँदै लामिटार फुटबल टिमले २५ हजार पाँच सय पच्पन्नमै चित्त बुझाउनु पर्यो ।
कार्यक्रममा मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो ।यस्तैगरी मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर बिशिष्ट अतिथी, वीर बहादुर घलान , राम घलान सी , वडा अध्यक्ष राजकुमार पाख्रिन,आनन्द घलान, राम प्रसाद कालाखेती र मनहरी गाउँपालिका ५ नम्वर वडा अध्यक्ष दिपेन्द्र अधिकारी लगाएतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम खेलकुद बिकास समिती २ नम्बरका अध्यक्ष सुकराम मुक्तानको सभाध्यक्षतामा सम्पन्न भएको थियो।