मनहरी गाउँपालिका वडा नम्बर ५ को योजना सिबिर सम्पन्न भएकोछ । आईतबार सम्पन्न सिबिरमा १४ वटा योजना सम्झौता भएको वडा अध्यक्ष दिपेन्द्र अधिकारिले बताउनुभयो ।
चालू आर्थिक बर्षको लागि वडाबाट कार्यान्वयन हुने योजनाहरुको सम्झौता वडाबाटै गरिएकोहो । यस बर्ष वडाबाट कार्यान्वयन हुने योजनाहरु १६ वटा रहेकाछन् । जस मध्ये १४ वटा योजनाको सम्झौता गरिएको हो ।

वडा कार्यालयमा संचालन भएको सिबिरमा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीको उपस्थिती रहेको थियो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । उपभोक्ता समितिमा रहेका पदाधिकारीहरुलाई कागजी प्रक्रियामा हुने समस्या र सहजताको लागि यो सिबिरले सहयोग र राहत मिल्ने बताउनुहुन्छ वडा अध्यक्ष अधिकारी । ५ नम्बर वडा गत आर्थिक बर्षको योजना सम्पन्न गर्ने वडामा पालिकाकै पहिलो नम्बरमा परेको थियो । यस बर्ष वडाले पालिकाबाट प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ बराबरको योजना प्राप्त गरिसकेकोछ ।