मनहरीमा ७ दिने निशुल्क फोटोग्राफी तालिम सम्पन्न

मनहरीमा साउन २३ देखि सन्चालन भएको फोटोग्राफी एण्ड वर्कसप साउन ३० गते शुक्रबार सम्पान्न भएकोछ ।

मनहरी ८ स्थित मनहरी बहुमुखी क्याम्पसले आयोजना गरेको तालिममा मनहरी , कैलाश र राक्सिराङ्ग गाउँपलिकाका १२ कक्षा पास र कक्षा १२ पढ्दै गरेका युवा युवतीहरुको सहभागिता रहेको थियो ।

विभिन्न समयमा क्याम्पसले विभिन्न रकनात्मक क्रियाकलाप , तालिम र अबलोकन भ्रमणका कार्यक्रम गर्दै आएको क्याम्पसले युवालाई प्रबिधि मैत्री बन्नलाई तालिम प्रदान गरेको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथी एबम मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा)ले क्याम्पसले बिधार्थिको मनोभाव र समय सापेक्षित तालिमको आयोजना गरेको भन्दै क्याम्पसलाई धन्यवाद दिनुभयो ।

क्याम्पस संचालनको लागि स्थानिय सरकारको नाताले शिक्षामा पश्चिम मकवानपुरकै शानको रुपमा रहेको शिक्षालयको संरक्षणको लागि र शैक्षिक धरोहर जोगाउनको लागि भएपनी सहयोग गरेको बताउनुभयो । उपाध्यक्ष पुलामी मगरले यस बर्षमा रु.२५ लाख रुपैयाँ बिनियोजन गरिएको समेत बताउनुभयो । घर आगनकै क्याम्पसबाट उच्च शिक्षा हासिल गर्न अबको नयाँ पुस्ताले पनि बुझ्नु पर्ने बताउनुभयो ।

यस्तै गरि निबर्तमान पालिका अध्यक्ष तथा कार्यक्रमका बिशेष अतिथी एकराज उप्रेतीले शिक्षा नै हाम्रो सम्पती हो भन्दै सबैको मेहेनतले अहिलेको बातावरण सृजना भएको र अब यसलाई चलाएमान बनाउन सबै पक्ष जुट्नुपर्ने बेला भएको बताउनुभयो ।

 

क्याम्पस समिती कोषाध्यक्ष हेमलाल उप्रेतीले हामी समय सापेक्ष हुनुपर्ने भन्दै पछिल्लो पुस्तालाई समाजको गतिशिल अवस्थामा राख्न क्याम्पसले बिगत देखिनै राम्रा प्रयासहरु गर्दै आईरहेको बताउनुभयो ।

यस्तै मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले शैक्षिक उपलब्धी हासिलको लागि पालिकाले शिक्षामा लगानी गर्दै आईरहेको र जुन काम क्याम्पसबाट भयो त्यो पालिकाबाट नभएको अवस्थामा तालिम प्रदान गर्ने क्याम्पसलाई धन्यवाद दिनुभयो ।

क्याम्पस प्रमुख गोबिन्द प्रसाद बर्तौलाले क्याम्पस जहिले पनि बिधार्थीको हित र भलो हुने काम गर्ने भन्दै बदलिदो समाजमा परिस्थितिलाई आफू अनुकुल बनाउन सीप दक्खल्ता आवश्यक पर्ने हुँदा त्यसमा हरपल अभिभावकीय भुमिका निर्वाह गर्दै बिधार्थिको सर्वाङ्गिण बिकासमा कुनै कसुर नराख्ने गरेको बताउनुभयो । शैक्षिक भ्रमण , पढ्दै कमाउदै,एकाउन्टिङ ट्रेनिङ लगाएत अन्य धेरै गतिबिधी सन्चालन गर्दै आईरहेको भन्दै बिधार्थीको लागि मनहरी बहुमुखी क्याम्पस बिधार्थीहरुलाई मनहरी बहुमुखी क्याम्पस पढ्न आउन आग्रह गर्नुभयो ।

सात दिन सम्म सन्चालन भएको तालिममा ४१ जना युवा/युवतीहरु सहभागी रहेको कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र र सहयोगी दाताहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । क्याम्पस समिती अध्यक्ष पुर्व बागमती प्रदेश सभा सदस्य माननीय ओम बहादुर ग्लानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण मनहरी बहुमुखी क्याम्पस स्ववियु सभापती कुमार घिसिङले सहजिकरण गरेका थिए ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.