सानिमा रिलायन्सको मनहरीका बचत सहकारीमा आक्रामक उपस्थिती

सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स मनहरी शाखाले बचत तथा ऋण सहकारी संस्थाहरुमा आफुलाई आक्रामक रुपमा उपस्थिती जनाएकोछ । सानिमाले सोमबार जेष्ठ १९ गते मनहरी ९ स्थित मनहरी समृद्धि बहुउदेश्यीय सहकारी संस्थासङ्ग बिमा सम्झौता गरेकोछ । यो सङ्गै मनहरीमा उस्को दुईवटा बचत तथा ऋण सहकारी संस्थामा आफ्नो उपस्थिती शुनिस्चित गरेको हो ।

आर्थिक सुरक्षालाई मध्यनजर गर्दै सानिमा रिलायन्स लाईफ इन्स्योरेन्ससंग बिमा सम्झौता गरिएको सहकारी संस्थाको अध्यक्ष नारायण सुवेदीको भनाई रहेकोछ ।

एक कार्यक्रमका बिच सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सको तर्फबाट क्षेत्रीय प्रबन्धक सुर्य गिरि र मनहरी शाखा प्रमुख सुनिल लम्साल, एजेन्सी म्यानेजर राजेश कोईरालाको उपस्थितीमा सहकारी संस्थाको तर्फबाट अध्यक्ष नारायण सुवेदि कोषाध्यक्ष नवराज पराजुली त्यस्तै ब्यबस्थापक सीता सापकोटा सहितको उपस्थितीमा बिमा कार्यक्रम लागू सम्झौतामा हस्ताक्षर भएको हो ।

बिमा खर्च होईन आर्थिक सुरक्षा हो भन्ने कुरालाई जोडदिदै मनहरीवासीले मनहरी बचत तथा ऋण सहकारी संस्था र सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स को उत्कृष्ट बिमा योजनाबाट आर्थिक सुरक्षाको प्रत्याभूती पाउने बिमा कम्पनिका क्षेत्रीय प्रबन्धक सुर्य गिरिल बताउनुभयो ।

मनहरीमा अन्य बचत तथा ऋण सहकारी संस्थाहरुसङ्ग पनि सहकार्य गरेर जाने तयारी भईरहेको मनहरी शाखाका प्रमुख लम्सालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.